रिभोल्वर हराउने प्रहरी निरीक्षक नियन्त्रणमा

रिभोल्वर हराउने प्रहरी निरीक्षक नियन्त्रणमा

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ सप्तरी, कार्तिक २० – रिभोल्वर हराउने प्रहरी निरीक्षक मनोज चन्दलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतसँग सीमा जोडिएको सप्तरीको पाटोमा रहेको सशस्त्र प्रहरी बेस क्याम्पका ईन्चार्ज चन्दले हिजो रिभोल्वर हराएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको सशस्त्रका पूर्वाञ्चल प्रहरी प्रमुख डिआईजी देबेन्द्र सुब्बाले जानकारी दिए ।
चन्दसँगै हवल्दार ज्ञानु साउदलाई नियन्त्रणमा लिइएको छ । अत्यधिक मदिरा सेवन गरी भारतीय नर्तकीसँग नाच्ने क्रममा चन्दले हराएको रिभोल्वर सप्तरीको अभिलाषा ४ मा परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।

यस्तै नवलपरासीको रजहर ९ झरही खोलाका २७ वर्षिय मिनवहादुर लामाको घरबाट प्रहरीले हतियार बरामद गरेको छ । प्रहरीले छापामारी एक थान चिनियाँ पेस्तोल र एक थान म्यागजिन सहित ३ जनालाई पक्रेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.