प्रहरी चौकीबाटै तीनजना फरार

प्रहरी चौकीबाटै तीनजना फरार

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ बाग्लुङ, कार्तिक २० बाग्लुङमा ठगीको आरोपमा पक्राउ परेका तीन जना प्रहरी चौकीबाट भागेका छन् । आइतबार बेलुकी स्थानीयबासीन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका पाच जना मध्ये भारतको मोतिहारीका भानु शाह, विवेक शाह र भारत मोतिहपुरका सुनिल कुमार शाह गए राती नै फरार भएको प्रहरीले जनाएको छ ।

अक्षेते प्रहरी चौकीमा राखिएका उनिहरु ड्युटीमा रहेका प्रहरीको आखा छलेर फरार भएको जिल्ला प्रहरी कार्यलय बागलुङका सुचना अधिकृत शैलेन्द्र खड्काले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.