मनबीरे सुनारका हत्यारालाई १०/१० बर्षको जेल सजाय

मनबीरे सुनारका हत्यारालाई १०/१० बर्षको जेल सजाय

  • बुधबार, कार्तिक २२ २०६९

पहिचान/ कालिकोट, कार्तिक २२ – जिल्ला अदालत कालिकोटले मनबीरे सुनारको हत्यामा सम्लग्न ३ जनालाई १०/१० बर्षको जेल सजाय सुनाएको छ । अदालतले उनीहरुलाई कर्तब्य ज्यान मुद्धामा यो सजाय सुनाएको हो ।
जेल सजाय पाउनेमा कालिकोट जुविथा ८ का जसबहादुर शाही, जुबिधा ८ कै मिमबहादुर शाही र जुविथा ९ का दीपबहादुर शाही रहेका छन् । तर छुवाछुतको आरोपमा मुद्या खेपेकी जसबहादुरकी श्रीमती बालकुमारी शाहीलाई भने अदालतले सफाई दिएको छ । सुनारको २०६८ साल मसिर २४ गते हत्या भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.