मैनाली पूर्ण रुपमा निर्दोष ठहर

मैनाली पूर्ण रुपमा निर्दोष ठहर

  • बुधबार, कार्तिक २२ २०६९

पहिचान/ काठमाडौं, कार्तिक २२ – हत्या अभियोगमा झण्डै १५ बर्ष जापानमा जेल जीवन बिताएका नेपाली नागरिक गोविन्दप्रसाद मैनाली पूर्ण रुपमा निर्दोष ठहर भएका छन् । टोकियो उच्च अदालतले सुनाएको अन्तिम फैसलामा गोविन्द निर्दोष ठहर भएको मैनाली सहयोग समितिले जनाएको छ ।
यो सँगै क्षतिपूर्तिको प्रकृया पनि शुरु गर्ने तयारी छ । डीएनए परिक्षणका सबै नतिजामा गोविन्दको संलग्नता नभेटिएपछि अघिल्लो हप्ता सरकारी वकिलले टोकियो उच्च अदालतसमक्ष मैनाली निर्दोष रहेको प्रतिबेदन बुझाएका थिए ।

मुद्दा पुनरावलोकन हुने भएपछि चार महिनाअघि मैनालीलाई जेलमुक्त गरि नेपाल पठाइएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.