पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्ति विवाद

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्ति विवाद

  • बिहिबार, कार्तिक २३ २०६९

पहिचान/ ललितपुर, कार्तिक २३ – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद थप चर्किएको छ । उपकुलपति डा. संगीता भण्डारीले एकलौटी ढंगले शिक्षाध्यक्ष नियुक्ति गरेको भन्दै बिरोधमा उत्रिएका प्रतिष्ठानका प्राध्यापक, शिक्षक, चिकित्सक, कर्मचारीले आज उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

उपकुलपति भण्डारी र शिक्षाध्यक्षको राजीनामा माग गर्दै तालाबन्दी गर्ने क्रममा बिहान केहीबेर पाटन अस्पतालमा प्रहरी र प्रदर्शनकारीबीच तनाव भएको थियो । बिरामीको उपचार गर्ने ललितपुरको पाटन अस्पताल अहिले आफैं बिरामी परेको छ ।

पाटन स्वास्थ्य बिज्ञापन प्रतिष्ठानमा शिक्षाध्यक्ष नियुक्तिसँगै एकहप्ता यता बढेको विवाद अहिले उत्कर्षमा छ ।

प्रतिष्ठानका डाक्टर, नर्स, प्राध्यापक र कर्मचारी आन्दोलनमा उत्रेका छन् । उपकुलपति डाक्टर संगीता भण्डारीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै उनीहरुले प्रतिष्ठानमा आज तालाबन्दी गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading