१० मन्त्रालयमा सतर्कताको छड्के

१० मन्त्रालयमा सतर्कताको छड्के

  • बिहिबार, कार्तिक २३ २०६९

पहिचान/ काठमाडौं, कार्तिक २३ – राष्ट्रिय सतर्कता केन्द्रले १० वटा मन्त्रालयमा छड्के गरेको छ । छड्केका क्रममा मन्त्रालयमै कर्मचारी उपस्थित नभएको र तोकिएको पोशाक समेत नलगाएको पाइएको केन्द्रले जनाएको छ ।

सामान्य प्रशासन, शहरी विकास, सिंचाइ, परराष्ट्र, सहकारी तथा गरिवी निवारण, वाणिज्य तथा आपूर्ति, भौतिक योजना, निर्र्माण तथा यातायात, सूचना तथा संचार मन्त्रालयमा १ सय ५९ जना कर्मचारी अनुपस्थित भएको पाइएको केन्द्रका सहायक प्रवक्ता अर्जुनप्रसाद खनालले जानकारी दिए ।

शान्ति तथा पुन निर्माण मन्त्रालयमा भने सबै कर्मचारी उपस्थित थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading