बल्ल यति बुझे (अडियो सहित)

बल्ल यति बुझे (अडियो सहित)

  • शुक्रबार, मंसिर १५ २०६९

पहिचान/ काठमाडौं,  मंसिर १५ – नेपाली नागरिक भएको पहिचान दिने एक मात्र प्रमाणपत्रको रुपमा रहेको नागरिकता पाउन तपाई हामीले धेरै सघर्ष गरिरहनु पर्दैन । तपाई हामीले बंशज र जन्मका आधारमा नागरिकता पाउन दिनभरको समय भए पुग्छ । किनकी तपाई हामी नेपाली हौ र नेपाली नागरिककै सन्तान हौ । नेपाली नागरिक भएको पहिचान भएको प्रमाणपत्रको रुपमा रहेको नागरिकता पाउन तपाईको हजुरवुवा, तपाईको वुवाको नेपाली नागरिक हुनै पर्छ ।
यति सजिलै हामीले नागरिकता पाउन सकिरहनुको कारण महिला या पुरुष भएर मात्रै हो । महिलाले महिला भएको र पुरुषले पुरुष भएको पहिचान उल्लेख गरेर नागरिकता पाइरहेका छन् । तर जन्मदा महिला हुर्कदै जाँदा पुरुष । भनौ लिङ्ग महिलाकै तर सबै हाउँ भाउ पुरुषकै यस्तो व्यक्तीलाई तेश्रोलिङ्गी पुरुष भनिन्छ । यस्ता व्यक्ती आफूलाई पुरुष हुँ भन्छन र तपाई हामी पुरुष बराबर नै क्षमता राख्दछन् । यि व्यक्ती लिङ्ग हेरेर होइन आफूलाइृ पुरुष ठानेर महिलालाई मन पराउँछन जसरी विपरित लिङ्गी आकर्षण तपाई हामीमा हुन्छ । त्यस्तै आकर्षण यि व्यक्तीमा भने आफू जस्तै लिङ्ग भएकोसँग हुन्छ र पनि उनीहरुलाई आफूलाई म त पुरुष पो हो त भन्ने गर्भ हुन्छ ।
यस्ता व्यक्ती पनि हुन्छन् जो व्यक्ती जन्मदा पुरुष हुन्छन् तर हुर्कदै जादाँ आफू महिला नै भन्छन् । उनीहरुले भन्ने मात्रै होइन तपाई हामीले झट्ट हेर्दा महिला नै भन्छौ । तर पनि उनीहरुको लिङ्ग भने पुरुषकै हुन्छ । यो कुनै कसैको विहेमा रत्यौली खेल्दाको क्षण हो कि जस्तो लाग्न पनि सक्छ । त्यसो भने होइन, उनीहरुको लिङ्ग पुरुषकै र आफू महिला देखिए पनि पुरुषनै मन पराउँछन् । हो उनीहरुलाई हामी अहिले तेश्रोलिङ्गी महिला भन्छौ । त्यासो त समलिङ्गी महिला र पुरुष पनि हाम्रो देशमा जन्मेका छन् । जो आफू जन्मदा हुर्कदा हाउ भाउ सबै महिलाकै छ, यस्ता महिलाले पुरुष प्रति आकर्षित हुनु पर्नेमा उनीहरु महिला प्रतिनै आकर्षित भइरहेका छन् र कतिले विहे गरेर घरजम नै बसालेका छन् । जुन नेपालको कानुनले मान्यता दिन सकेको छैन । हुन त सर्वोच्च अदालतले उमेर पुगेका नेपाली नागरिक सँगै बस्न पाउँछन् भनेर फैसलानै गरिसकेकाले सर्वोच्चको फैसलालाई आधार मान्दा यो कानुन बने सरहनै भएको छ । त्यसो तर पुरुष समलिङ्गी पनि हाम्रो देशमा छन् । जसलाई गे भनेर भनिन्छ । उनीहरु पुरुषलाई मन पराउँछन् । महिलालाई मन पराउँदैनन् र पुरुषसँगै घरजम गरेर बसिरहेका छन् ।
यस्तै विषयका साथ कार्यक्रम पहिचान शुरु भएको आज चार महिना पूरा भएको छ । चार महिनाको अवधीमा समलिङ्गी तेश्रोलिङ्गीबारे देखिने गरी केही प्रगति भने भएको छैन । तर यो समूदायले रेडियोमा आफ्ना कुरा राख्न पहिले जस्तो हिच्किचाउने गरेका छैनन् । एउटा विषय जुन तेश्रोलिङ्गी उल्लेख गरेर पहिलो पटक नागरिकता लिन सफल तेश्रोलिङ्गी पुरुष विष्णु अधिकारीसँगको कुराकानी प्रस्तुत गर्दैछु । विष्णु जन्मदा महिला हुनुहुन्थ्यो । सुन्नुहोस अडियो ः कुराकानीमा हुनुहुन्छ नेपाली सेनाले तेश्रोलिङ्गी भएकै कारण ६० दिन जेल हालेर यातना मात्रै होइन जागिरबाट बर्खास्त गरेका भक्ती शाह हुनुहुन्छ । अडियो सुन्नका लागि ः

तपाईँका पनि कथा छन् ? हामीलाई [email protected] मा इमेल गर्नुहोस । वा तलको कमेन्ट बक्समा लेख्नुहोस् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading