निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

स्वर सम्राट नारायण गोपाललाई बर्षमा एक पटक सबैले सम्झन्छन्

स्वर सम्राट नारायण गोपाललाई बर्षमा एक पटक सबैले सम्झन्छन्

973
SHARES

पहिचान/काठमाण्डौ, मंसिर १९ – स्वर सम्राट नारायण गोपालको आज २२ औ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली सुगम संगीत आकाशमा उज्वल नक्षत्रका रुपमा परिचित नारायण गोपालले दर्जनौ कालजयी गीत गाउनुभएको छ । स्मृति दिवसका अवसरमा, संगीतकर्मी तथा साधकहहरुले बिभिन्न कार्यक्रम गरी नारायण गोपाल र उहाँको योगदानलाई सम्झेका छन् ।
विक्रम संवत १९९६ मा बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यबाट काठमाण्डूको  किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो । झण्डै ५ सय नेपाली गीत गाएका नारायणगोपाल र्सवाेत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रर्ेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु, चौथो लगायत थुपै्र पुरस्कारबाट सम्मानित हुनुहुन्छ । नारायणगोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रर्ेकर्ड गराउनुभएको थियो । नारायण गोपालले थुप्रै गीतमा संगीत पनि भर्नुभएको छ ।
उहँाको एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो, मलाई नसोध कहाँ दुख्छ घाऊ, दर्ुइटा फुल देउरालीमा संगै राखेजस्तो लाग्छ, जुन फुल मैले रोजेको थिए कसैले टिपेछ, पर्खि बसंे आउला भनी, तिमीले छोएका सारा देव छोएर लगायतका दर्जनौ गीत अहिलेपनि उत्तिकै कर्ण्र्ाा्रय छन् । त्यसपछि थुप्रै संगीतकार र गीतकार जन्मेपनि ती सवैले नारायणगोपाललाई नै आदर्श मान्दै आएका छन् । नेपाली सुगम संगितलाई धनी बनाउन तिरीनसक्नुको गुन लगाएका नारायणगोपालको चाहना अनुसार संगित विश्वविद्यालय खोल्ने र संगित प्रतिष्ठान मार्फ कला र कलाकारको विकास तथा उनीहरुको र योगदानको सम्मान गर्ने जस्ता सपना अझै पुरा हुन सकेका छैनन् ।

समाचार शेयर गर्नुहोस्
973
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.