समलिङ्गी तेश्रोलिङ्गीलाई नेतृत्व विकास तालिम

समलिङ्गी तेश्रोलिङ्गीलाई नेतृत्व विकास तालिम

  • शुक्रबार, बैशाख १३ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0001461632{main}( ).../index.php:0
20.0001567152require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09786973584require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09896998168include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं बैशाख १४ (पहिचान)- समलिङ्गी तेश्रोलिङ्गीको छाता संस्था नीलहिरा समाजले दुई दिने नेतृत्व विकासका लागि तालिम दिएको छ । काठमाणडौमा शुक्रवार र शनिवार भएको तालिममा देशभरका ४० जना प्रतिनिधि समलिङ्गी तेश्रोलिङ्गीको सहभागीता रहेको थियो । नीलहिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले सहभागीलाई मानवअधिकार र संचार संबन्धि तालिम दिइएको जानकारी दिएको बताए । उनले तालिमले सहभागीलाई आफ्नो जिम्मेवारीबोर स्पष्ट पार्ने बिश्वास ब्यक्त गरे ।
दुई दिने तालिममा मानवअधिकारबादी तथा संचार क्षेत्रसंग कसरी सहकार्य गरेर अघि बढ्ने छलफल गरिने पन्तको भनाई छ । यस्तै समलिङ्गी तेश्रोलिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले नेतृत्व विकास संबन्धि तालिमले यौनिक तथा अल्पसंख्यकको अधिकार प्रात्तिका लागि लड्न थप जागरुक बनाउने बताईन् । श्रेष्ठले तालिमले मानवअधिकार प्राप्तिको बाटोमा देखिएको चुनौती सामना गर्न सहयोग गर्ने विश्वास ब्यक्त गरिन् ।
निलहिरा समाज देशभरका ७ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको तथा यौनिक तथा अल्पसंखयकको अधिकारका लागि आवाज उठाउदै आएको संस्था हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading