निर्देशक समाजको अध्यक्षमा डीसी

निर्देशक समाजको अध्यक्षमा डीसी

  • शनिबार, बैशाख १४ २०७०

काठमाडौं,१४ वैशाख ।
नरेश पौड्याललाइ पराजीत गर्दै चलचित्र निर्देशक समाजको अध्यक्षमा दिनेश डीसी निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी नरेश पौड्याललाई १६ मतले पछि पार्दै डीसी निर्वाचित भएका हुन् । डीसीका पक्षमा ६९ मत पर्दा पौड्यालले भने ५३ मत ल्याएका थिए । १ सय ३७ सदस्यमध्ये १ सय २४ मत खसेको थियो । दुई मत बद्धर भएको बताइएको छ । डीसी चर्चित रेडियो तथा टेलिभिजन प्रस्तोता समेत हुन् ।
उपाध्यक्षमा डीसी प्यानलकै राजु केसी र सुचित्रा श्रेष्ठ, महासचिवमा ऋषि लामिछाने विजयी भएका छन् । सचिवमा श्याम भट्टराई, कोषाध्यक्षमा सुमन दाहाल र कोषाध्यक्ष गोपालचन्द्र लामिछाने निविर्रोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा शेखर खनाल, योगेश घिमिरे, आरबी के शरद, राजु गिरी, गोकुलकुमार राई, दुर्गा नेम्वाङ र महेशप्रसाद ढुङगेल चयन भएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.