चुनावको वेला नेतालाई मोतिविन्दू हुन्छ र ?

चुनावको वेला नेतालाई मोतिविन्दू हुन्छ र ?

  • शनिबार, बैशाख १४ २०७०

काठमाडौं,१४ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । मनमोहन स्मृति दिवसको अवसरमा नेकपा एमाले एक नम्बर निर्वाचन क्षेत्रीय कमिटी भक्तपुरले शनिवार गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नेता नेपालले एमालेको बहुमत र उसका सहयोगी पार्टीहरु समेतको गरी दुई तिहाई बहुमत आउने र यसैले संविधान निर्माण गर्ने बताए ।
संविधान बन्न नदिएर एकीकृत माओवादी असफल भइसकेको भन्दै उनले यसअघिको निर्वाचनमा जनताले माओवादीलाई मत दिएर पहिलो पार्टी बनाएको काम नलागेको भन्दै अब उसलाई मत दिनु नहुने बताए ।
देश संविधानसभाको निर्वाचनमा होमिसकेको बताउँदै नेता नेपालले निर्वाचनका लागि गाउँ अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.