भ्रष्टचार गरेको प्रमाणीत गरेर देखाउन डा भट्टराईको चुनौती

भ्रष्टचार गरेको प्रमाणीत गरेर देखाउन डा भट्टराईको चुनौती

740
SHARES

काठमाडौं १८ बैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु भ्रष्टचारको आरोपमा जस्तो सुकै आयोगलाई छानविन गराउन तयार रहेको भन्दै भ्रष्टार गरेको प्रमाणीत गरेर देखाउन चुनौती दिएका छन् । भट्टराईले अस्तित्वको संकटमा रहेका केही समूहले क्रान्तिकारी शक्तिको बदनाम गरिरहेको बताए ।
बीबीसी हिन्दी सेवालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्–’हामी कुनै पनि आयोगमा हाम्रोविरुद्ध लागेको आरोपको छानविन गराउन तयार छौं । हामी चुनौती दिन चाहन्छौं, छानविनमा हामी दोषी देखिए त्यसको सामना गर्न तयार छौं ।’
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका उनले नेपाली जनताको भरोसा एमाओवादी नेतृत्वमाथि नै रहेको दाबी गरेका छन् । पार्टी विभाजनपछि पनि आशन्न निर्वाचनमा आफ्नो पार्टी नै सबैभन्दा ठूलो दल बन्ने दावी गरे छन् ।
प्रचण्ड–बाबुराम भारतीय राजदूतलाई भेटन दूतावासमै पुग्ने गरेको भन्ने आरोपको खण्डन उनेले भनेका छन्–’प्रधानमन्त्री हुँदा म कहिले पनि दूतावासका कार्यक्रममा गएको छैन, त्यसो गर्नु प्रोटोकलले पनि दिँदैन । प्रधानमन्त्री नभएका बेला कहिले हामीले उहाँलाई चिया पिउन बोलाउँछौं, कहिले उहाँले बोलाउनुहुन्छ हामी जान्छौं, यसलाई प्रचार बिषय बनाउनु हुँदैन ।’

समाचार शेयर गर्नुहोस्
740
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.