नागरिकता पाउनै समस्या ः समलिंगी तेश्रोलिंगी

नागरिकता पाउनै समस्या ः समलिंगी तेश्रोलिंगी

  • शुक्रबार, जेष्ठ १० २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0001461632{main}( ).../index.php:0
20.0002567152require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.29127029184require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.29297057864include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

भक्तपुर (पहिचान) जेठ १०- समलिंगी तेश्रोलिंगीले पहिचान सहितको नागरिकता लिने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका छन् । शुक्रबारदेखि भक्तपुरमा जारी दुई दिने तालिममा सहभागी समलिंगी तेश्रोलिंगीले पहिचान सहितको नागरिकता लिने प्रक्रिया झण्झटिलो भएको गुनासो गरेका हुन् ।
गृहमन्त्रालयले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरेपनि आफूहले अन्य उल्लेख भएको नागरिकता पाउन झण्झट व्यहोर्नु परेको तेश्रोलिंगी सिमरन शेरचनले बताइन ।
‘हामीले नागरिकता पाउन साह्रै अफ्ठ्यारो छ । दोश्रो पटक हुन लागेको संविधानसभा चुनावमा पनि मत हाल्न पाउने अधिकारबाट वञ्चित हुने अवस्था आएको छ’, शेरचनले भनिन । यो गुनासो शेरचन एक्लोको होइन । नेपालमा रहेका समलिंगी तेश्रोलिंगी समूदायले अहिले भोगिरहेको साझा समस्या हो । सहज रुपमा नागरिकता पाउनका लागि नील हिरा समाजले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई परिपत्र जारी गर्न निवेदन दिएको लामो समय भइसक्दा पनि परिपत्र जारी नहुँदा यि गुनासा बढ्दै गएका छन् ।
तेश्रोलिंगी सुमन तामाङले सहज रुपमा नागरिकता पाउने वातावरण बनाउन सरकारसँग आग्रह गरे । उनले समलिंगी विवाहलाई मान्यता दिने कानुन बनाउन पनि माग गरे ।
‘समलिंगी विवाहलाई मान्यता दिने कानुन निर्माण नहुँदा सँगै हिडडुल गर्न समेत समस्या छ’, उनको गुनासो छ ।
अधिवक्ता विन्द्रा महर्जन र ज्ञानु महर्जनले अधिकार प्राप्तीका लागि खुलेर आउनु पर्ने र समस्या परेमा सम्वन्धित निकायको ढोका घचघच्याउनु पर्ने बताए । नील हिरा समाजले जेठ ९ र १० गते संचालन गरेको तालिममा सहभागी समलिंगी तेश्रोलिंगीले तालिमबाट सिकेका विषयमा आ आफ्नो कार्यक्षेत्रमा रहेका समूदायका सदस्यलाई जानकारी गराउने बताए । उनीहरुले यस्ता तालिम अझ धेरै हुनुपर्नेमा जोड समेत दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading