अधिकार विहिन नवनाउन आग्रह

अधिकार विहिन नवनाउन आग्रह

  • आइतबार, जेष्ठ १९ २०७०

इन्दिरा न्यौपाने ( पहिचान ) जेठ १९ नील हिरा समाजको शाखा कार्यालय मकवानपुरले केन्द्रीय संस्था अहिले सम्म नविकरण नभएकोमा दुख व्यक्त गरेको छ । मकवानपुरमा पत्रकार सम्मेलन गरेर केन्द्रीय संस्थाको नविकरण हुन नसकेकोमा शाखा कार्यालयले दुख व्यक्त गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं र अख्तियार दूरुपयोग अनुशन्धान आयोगमा परेको उजुरीमाथि छानविन भइसक्दा पनि नविकरण नभएकोमा नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले आक्रोस व्यक्त गर्नु भयो । पत्रकार सम्मेलनमा संस्थामा कार्यरत बर्षा मगर, कमल तिमल्सिना, कृष्ण वहादुर थोकर लगायतले संस्थाको नविकरण रोकेर राज्यले समलिङ्गी तेश्रोलिङ्गीलाई अधिकार विहिन बनाउने प्रयास गरेको बताए ।

यसैबीच मकवानपुरका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले समलिङ्गी तेश्रोलिङ्गी माथि भेदभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । समलिङ्गी तेश्रोलिङ्गी माथि हुने लाञ्छना तथा भेदभाव न्यूनिकरण सम्वन्धमा भएको अन्तरक्रिया कार्यक्रम सहभागी चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा भेदभाव हुन नदिने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी समलिङ्गी तेश्रोलिङ्गीले अहिले पनि समाजमा आफूहरु माथि विभिन्न खाले लाञ्छना लगाउने गरेका गुनासो व्यक्त गरे । समलिङ्गी तेश्रोलिङ्गी माथि हुने लाञ्छना तथा भेदभाव अन्त्यका लागि सहयोग गर्न उनीहरुले आग्रह गरे ।

स्वास्थ्य क्षेत्रमा समलिङ्गी तेश्रोलिङ्गीले विभिन्न खाले विभेद भोग्नु परेको भन्दै स्वाथ्यकर्मीहरुलाई विभेद हटाउने पहल गर्न आग्रह गरे । नील हिरा समाजका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौलाले स्वास्थ्य क्षेत्रमा समलिङ्गी तेश्रोलिङ्गी माथि हुने लाञ्छना र विभेद शुन्यमै झार्न पर्नेमा जोड दिनु भयो । कार्यक्रममा तेश्रोलिङ्गी अजिता भुजेल, बर्षा मगर, आसिका थोकरले स्वास्थ्य क्षेत्रमा अहिले पनि विभिन्न खाले लाञ्छना भोग्नु परेको बताएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.