समाज र पन्त विरुद्ध लगाइएका आरोप गलत सावित

समाज र पन्त विरुद्ध लगाइएका आरोप गलत सावित

  • बुधबार, जेष्ठ २२ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0001461632{main}( ).../index.php:0
20.0001567152require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10366985656require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10577010240include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

भवानी घिमिरे (पहिचान) जेठ २२ -मान्छे चिन्न समय लाग्छ । धेरै दिन पनि त होइन ५१ दिन काम गरेका विनोद लामाले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा नील हिरा समाज र समाजका संस्थापक सुनिल वावु पन्त विरुद्ध मुद्धा दायर गरे । अख्तियारमा मुद्धा दायर लामाको समाज बन्द गराउने र समाजमा रहेका समलिङ्गी तेश्रोलिङ्गीलाई आपराधिक समूहको धम्की दिदै अकूत सम्पत्ती कमाउनु थियो भन्ने कुराको पुष्टी सम्पत्ती सुद्धिकरण विभागले डन गणेश लामाको नाम संग जोडेर विशेष अदालतमा दायर गरेको मुद्धा अनुसारनै पुष्टी हुन्छ । तर लामालाई यसमा कुनै पश्चाताप थिएन । उनले यो कुरा नील हिरा समाजका केही कर्मचारीलाई भन्न भ्याएका पनि थिए । ति मध्ये केही व्यक्तीले अहिले पनि नील हिरा समाजका बारेमा भ्रामक सूचना प्रवाह गरिरहेकै छन् ।

mg_0215यसले गर्दा आफ्नो पहिचानको मुद्दा उठाउदै आएका समलिङ्गी तेश्रोलिङ्गी समाज र समाजका कार्यकारी निर्देशक पन्त विरुद्ध हात धोएर लाग्ने व्यक्तीको पहिचान गर्न लाग्नु पर्र्यो । व्यक्तीको पहिचान भयो तर समूदायका लागि स्थापना भएको संस्था नील हिरा समाज कसैको व्यक्तीगत कुराका पछाडि लाग्नु भन्दा सबैको अधिकार सुनिश्चित हुनु पर्छ भन्नेमा पछाडि हटेन अगाडि बढिरह्र्यो । संस्था नविकरण नभएकै अवधीमा पनि समाजले गृहमन्त्रालयबाट पहिचान सहितको नागरिकता लिन पाउने गरी परिपत्र जारी गर्न लगायो । २०६९ पुष १६ गते गृहमन्त्रालयले परिपत्र जारी गर्र्यो । मतदाता नामावलीमा समलिङ्गी तेश्रोलिङ्गीले आफ्नो लैङ्गिक पहिचान अनुसार नाम लेखाउन सके । अधिकार प्राप्तीको अभियानमा नील हिरा समाज आपराधिक समूहसँग सम्वन्ध भएका व्यक्तीको उजुरीका आधारमा पछाडि हटेन अगाडि बढिरह्र्यो ।
संस्था नविकरण हुने समयमा पनि समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीको अभियानमा लागेका व्यक्तीलाई भ्रमित पार्ने काम भयो । गल्ती कमजोरी जसका पनि हुन्छन् । ति गल्ती कमजोरी सच्याउने मौका समेत नदिने प्रयास भएको पनि हो । यसमा नील हिरा समाजमा आवद्ध समलिङ्गी तेश्रोलिङ्गी विचलित भएनन् । उनीहरुले त्यस्ता छद्मभेषी रुप धारण गरेकाको कुरामा हो होइन भनेर प्रतिक्रिया जनाएनन् । र, अन्तत सत्यको जित भयो ।
१२ बर्ष पछि खोलो पनि फर्कन्छ भन्छन् । नील हिरा समाज स्थापना भएको १२ बर्षमा पहिलो पटक यति ठूलो चुनौती खेप्नु परेको संस्थाका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सुनिलवावु पन्तको अनुभव छ । त्यस्तै अनुभव समाजकी अध्यक्ष पिंकी गुरुङ, उपाध्यक्ष मनिषा ढकाल, कन्ट्री अफिसर दुर्गा थापा, मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठ, क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाहसँग पनि छ । उनीहरु सबैलाई लागेको छ यो देशको राज्य संयन्त्र समलिङ्गी तेश्रोलिङ्गी प्रति उदार छैन र हुँदैन पनि । किनकी जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालिन प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माले आपराधिक समूहसँग सम्वन्ध भएका व्यक्तीको उजुरीका आधारमा समाजको नविकरण रोक्नु भएको थियो । उनले समलिङ्गी तेश्रोलिङ्गीलाई आफ्नै अगाडि तल्लो स्तरको शव्द प्रयोग गरेर धम्की दिने गरेको आफूले प्रत्यक्ष सुनेको एक पत्रकारले पहिचान अनलाइनलाई बताए । यति धेरै दुख पाएको नील हिरा समाजको जेठ २२ गते बुधवारका दिन नविकरण भएको छ । विज्ञप्ती हेर्नुहोस् ः

मिति ः २०७०।०२।२२
प्रेस विज्ञप्ती
sanjeeb_gurungसमलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाज र समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्त विरुद्ध लगाइएको आरोप गलत सावित भएको छ । १० महिनादेखि समाज र पन्त विरुद्ध मुद्धा दायर गर्ने संगठित आपराधिक समूहसँग सम्वन्ध भएका व्यक्तीको उजुरीलाई आधार मानेर तत्कालिन प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माले समाजको नविकरण रोक्नु भएको थियो । कानुनी आधार नभएका झिना मसिना कुरालाई आधार बनाएर चुडामणी शर्माले नविकरण रोकेकोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय समूदायले घोर भत्र्सना गरेका थिए । अधिकार विहिन समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीको अभियान संचालन गर्दै आएको नील हिरा समाज, गैर सरकारी संस्थाको संरक्षक स्वयं जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रमूख जिल्ला अधिकारी शर्माले पूर्वाग्रही सोच राखेर नविकरण नगर्नु दुःखद पक्ष हो ।
समाज र पन्तले ४० करोड रुपैयाँ अनियमिमता गरेको भन्ने आरोप गलत सावित भएकाले शर्माको उक्त आरोप पूर्वाग्रही भएको पुष्टी भएको छ । समाजको नविकरण नहुँदा समाजबाट प्रत्यक्ष सेवा लिइरहेका समलिङ्गी तेश्रोलिङ्गी अन्यायमा परेका थिए । एचआइभी एड्स संक्रमितले पाउँदै आएको सेवा र समाज बाहेक अरु कुनै पनि निकायमा रोजगारी नपाएका समलिङ्गी तेश्रोलिङ्गीले ७ महिनासम्म तलव, सेवा सुविधा पनि पाउन सकेका थिएनन् । यो अवस्थामा पनि हामी विचलित भएनौ ।
समाज र पन्त विरुद्ध लगाइएका आरोप असत्य भएको समाज कल्यण परिषदको छानविन प्रतिवेदनबाट समेत पुष्टी भएपछि आज जेठ २२ गते बुधवार नील हिरा समाजको नविकरण भएको छ । नील हिरा समाजले भोगेको यो चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय तथा अन्तराष्ट्रिय संचार क्षेत्रले गरेको सहयोग प्रति समाज धन्यवाद दिन चाहन्छ । यस्तै नागरिक समाज, मानवअधिकारबादी संघसंस्था, राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, विघठित संविधानसभा सचिवालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषद, राजनीतिक दल, दलका नेताहरु, विभिन्न देशका सरकार, दातृ निकाय तथा सुवेच्छुक सबैले समाजमाथि आइपरेको यो चुनौतीपूर्ण अवस्थामा पुर्याएको सहयोग प्रति पनि नील हिरा समाज धन्यवाद दिन चाहन्छ ।
यो लामो असहज परिस्थितिबाट गुज्रनु परेको अनुभवले नील हिरा समाजलाई अझ बलियो र संगठित बनाएको छ । भविष्यमा पनि हामीलाई सबैको साथ सहयोग निरन्तर रहिरहनेछ भन्ने अपेक्षा गर्दछौ । समाजको नविकरणसँगै हाम्रा नियमित कार्यक्रमले निरन्तरता पाउने पनि विश्वास लिएका छौ । त्यसका लागि नेपाल सरकार तथा अन्तराष्ट्रिय दातृ निकायबाट निरन्तर सहयोग पाउने विश्वास लिएका छौ ।
अध्यक्ष
पिंकी गुरुङ्ग

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading