अन्तरलिङ्गी मन्दिपलाई विद्यालय शिक्षाबाट बञ्चित नगराउन निर्देशन

अन्तरलिङ्गी मन्दिपलाई विद्यालय शिक्षाबाट बञ्चित नगराउन निर्देशन

  • बिहिबार, जेष्ठ २३ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0010727832{main}( ).../index.php:0
20.0011730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.13737328064require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.13857352648include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

भवानी घिमिरे (पहिचान) जेठ २३ -महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले दुई लिङ्गी भएकै कारण विद्यालय शिक्षाबाट बञ्चित नगराउन सम्वन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्र लेखेर सम्वन्धित निकायलाई निर्देशन दिन भनेको हो । बारा बलिरामपुर वडा नम्वर ९ का मदन प्रसाद कुर्मीले आफ्नो छोरा मन्दिप पटेल कुर्मी दुई लिङ्गी भएको कारण विद्यालय शिक्षाबाट बञ्चित हुनु परेको निवेदन दिनु भएको थियो । नील हिरा समाजको सहयोगमा मदनप्रसाद कुर्मीले दिएको निवेदन बमोजिम मन्त्रालयलाई मन्दिप पटेल कुर्मीलाई विद्यालय शिक्षाबाट वञ्चित नगर्न सम्वन्धित निकायलाई निर्देशन दिएको हो । मन्त्रालयले २०६९ साल फागुन २३ गतेको सचिव स्तरिय निर्णय गरेर कारवाहीका लागि फागुन २४ गते शिक्षा मन्त्रालयमा पत्र पठाएको थियो । आज भन्दा तीन महिना अगाडि निर्देशन दिएको जानकारी भने मन्त्रालयले नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना वित्न लाग्दा गराएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उप सचिव सूर्यप्रसाद श्रेष्ठले हस्ताक्षर गरेको पत्र पहिचान अनलाईनलाई दुई दिन अघि मात्रै प्राप्त भएको हो । पत्रको व्यहोरा यस्तो छ ः
श्री शिक्षा मन्त्रालय,
सिंहदरवार ।
विषय ः शिक्षा आर्जन सम्वन्धमा ।
उपरोक्त सम्वन्धमा बारा जिल्ला बलिरामपुर गा.वि.स. वडा नम्वर ९ बस्ने मदनप्रसाद कर्मीले छोरा मन्दिप पटेल कुर्मी दुई लिङ्गी भएको कारणबाट विद्यालय शिक्षाबाट वञ्चित हुनु परेको भनि निवेदन पेश गरेको हुँदा निज बालकलाई सम्वन्धित विद्यालयमा पठनपाठन गर्न गराउन शिक्षा मन्त्रालय मार्फत सम्वन्धित निकायमा लेखी पठाउने गरी २०६९।११।२३ मा ( सचिवस्तरीय) निर्णय भएकाले आवश्यक कारवाहीका लागि तहाँ पठाइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।
बोधार्थ
श्री मदन प्रसाद कुर्मी,
बलिरामपुर गा.वि.स. वडा नम्वर ९, बारा ।
सुर्यप्रसाद श्रेष्ठ
उप सचिव
मन्दिप कुर्मी को हुन् ?
Madan_Prasad_Kurmi0003बाबु या आमाले चाहदैमा बालक या बालिका दुवै यौन अंग भएको व्यक्ति जन्मन सक्दैन । आजभन्दा ६ बर्ष मात्रै अगाडिको कुरा हो । बारा जिल्लाको बलिरामपुर गाविसमा दुवै यौन अंग भएको बच्चाको जन्म भयो । आमा जंगीदेवी कुर्मीको कोखबाट २०६३ साल माघ १ गते दुवै यौन अंग भएको बच्चाको जन्म भयो । २०५२ सालमा विवाह बन्धनमा बाधिएकी जंगीदेवीले दुवै यौन अंग भएको बच्चाको जन्म दिएको पहिलो हो । जंगीदेवीले आफ्नो कोखबाट एक छोरी र एक छोरा एउटै मात्र यौन अंग भएका बच्चालाई जन्म दिइसकेकी थिइन ।
जेठी छोरी प्रभाकुमारी कुर्मी अहिले कक्षा ७ मा अध्ययनरत छिन् भने माइलो छोरा सन्दिपकुमार कुर्मी कक्षा ४ मा अध्ययनरत छन् । बाबु मदनकुमार कुर्मी तेश्रो बच्चा जन्मदाँ घरबाट कामका लागि नवलपरासी जिल्लामा थिए । मदन त्यतिवेला घर परिवारको विहान वेलुकाको छाक टार्न इट्टाभट्टामा काम गर्थे । २०३६ सालको जन्म भएका मदनकुमार कुर्मीको परिवारको आर्थिक अवस्था कमजोर थियो । विश्वमा गरिवीको रेखामुनी रहेको देशमा सूचिकृत नेपालमा बस्ने धेरै नागरिक मदन कुर्मी जस्तै गरिवनै छन् । राष्ट्रिय योजना आयोगको तथ्याङक अनुसार सयमा २५ जना गरिवीको रेखामुनी छन् । त्यसो त विश्वका धनी व्यक्तिको सूचि प्रकाशित गर्ने फोव्र्स पत्रिकामा अर्वपतिको सूचिमा सूचिकृत पहिलो नेपाली नागरिक विनोद चौधरी हुनुहुन्छ । चौधरी बाहेक अहिले सम्म अर्वपतिको सूचिमा कुनै पनि नेपालीले आफ्नो नाम सूचिकृत गर्न सकेका छैनन । चौधरी विश्वका अर्वपतिको सूचिमा १ हजार ३ सय ४२ औ स्थानमा पर्नु भएको छ ।
गरिवीको रेखामुनी रहेका र महिला र पुरुष दुवै यौन अंग लिएर जन्मेका बालक मन्दिप पटेल कुर्मीका बुबा मदनकुमार कुर्मीलाई अहिले गाउँमा राक्षसको वुवा भन्ने गर्छन । घरबाट निस्कने वित्तिकै मन्दिपलाई देखे आज साइत विग्रियो समेत भन्छन् । चैत ४ गते उज्यालो नाइन्टी नेटवर्कसँगै देशभरका १२ वटा एफएम रेडियोबाट प्रसारित कार्यक्रम पहिचानसँग कुरा गर्दै मदनप्रसाद कुर्मीले भनेका थिए म यो बच्चा मेरो छोरा दुई लिङ्गी हो भनेर कति ठाउँमा कट्टु खोलेर देखाउँदै हिडौ । बुबा मदन २०३६ सालमा जन्मिए पनि ५ कक्षा भन्दा धेरै शिक्षा लिने चाहना चाहनामा मात्रै सिमित भयो । घरमा बुबा र दाजुले पढ्न जाँदा खाने अन्न नहुने बताएपछि मदन ज्याला गर्न बुबा र दाईसँग जान थाले ।
मदनले पढ्ने रहर हुँदा हुँदै पढ्न छाडेर काममा जोतिनु पर्र्यो । २०४८ सालको कुरा हो । त्यतिवेला बारा जिल्लाको वलिरामपुर गाविसमा दैनिक ज्यालाका लागि मदन बुबा र दाजुका साथमा ज्याला गर्न काममा जान थाले । काम गरेवापत पाउने चार किलो धान घरमा भित्रयाउने काम बाबु र दुई छोराको थियो । काममा बोलाएको दिनको ज्याला बापत पाउने धानले मदनप्रसाद कुर्मीको परिवारको चुल्हो बल्थ्यो ।
पढाई छाडेर बुबा र दाजुसँग ज्यालादारीमा लागेका मदनकुमार कुर्मीको विवाह २०५२ सालमा जंगीदेवीसँग भएको थियो । विवाहमा कुर्मीले साइकल र तीन हजार रुपैयाँ दाइजो पाएका थिए । दाइजोमा पाएको साइकल चढेर कुर्मी विरगंजसम्म काम गर्न पुग्थे । घर निर्माण गर्ने ठाउँमा मदनलाई दिनको १८ रुपैयाँ ज्याला दिइन्थ्यो । मदन जत्तिकै काम गर्नेलाई २२ रुपैयाँ ज्याला दिएर त्यहाँ पनि उनीमाथि विभेद भएको थियो । यो विभेद भन्ने ठाउँ थिएन । आफू भन्दा ठूला व्यक्तिले मनदको कुरा सुन्दैनथे । किन ज्याला कम दिएको भनेर भन्दिनैथे । त्यसैले मदनले त्यहाँबाट इट्टभट्टामा काम गर्न थाले । इट्टाभट्टाको काम बर्षमा ६ महिना मात्रै हुन्थ्यो । त्यसैले मदनले बर्षमा ६ महिना इट्टभट्टा र ६ महिना काठमाडौंमा तरकारी वेचेर परिवारको गुजारा चलाउँदै आएका थिए ।

DSC08803घर परिवार चलाउनका लागि मदनले काठमाडौंमा तरकारी, चनाचट बेचिरहेका वेला होइन नवलपरासीमा इट्टा भट्टामा काम गरिरहेका वेला मन्दिपको जन्म भयो । जंगीदेवीका भाइले साथीको मोवाइलमा फोन गरेर दिदीले छोरा जन्माइन भन्ने सन्देश पाएका मदनले इट्टा भट्टामा रहेका साथीसंगीलाई लड्डु खुवाएका थिए । भोलीपल्टै बलिरामपुर आफ्नो घर पुगेका मदनलाई श्रीमतीले दुवै लिङ्गी भएको बच्चा जन्माएको थाहा पाए । यो कुरा उनले घर परिवारमा समेत भनेनन् । उनले यो कुरा जहान जंगीदेवी वाहेक अरुलाई भनेका थिएन् । तर एक कान दुई कान मैदान भने घरपरिवारका सबै र घर वरपरका सबैले थाहा पाए । त्यसपछि कान्तिपुर दैनिक र अन्नपूर्ण पोष्टमा यो समाचार प्राथमिकताका साथ छापियो ।

अहिले पनि मदन यो समाचार सम्झिरहन्छन् । त्यसपछि नील हिरा समाजका संस्थापक एवं यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका अभियन्ता पूर्व सभासद् सुनिलवावु पन्तले मदनको घर ठेगान पत्ता लगाउन लगाएर काठमाडौं बोलाए । दुई लिङ्गी हो या होइन चिकित्सकसम्म पुर्याउन नील हिरा समाजले महत्वपूर्ण भूमिका खेल्यो । मन्दिप अन्तरलिङ्गी बालक हुन् भन्ने कुरा चिकित्सकले बताएपछि मात्रै भन्यो । चिकित्सको प्रमाण सहित मन्दिपको शिक्षा पाउनु पर्ने अभियान चलायो । यो अभियान अहिले आएर सफल भएको छ । कसलैलाई पनि यौनिकताका आधारमा विभेद गर्न पाइदैन यो कुरो तपाई हामीले पनि जानी राखे राम्रो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading