तेश्रोलिंगीलाई पहिचान अनुसारको राहदानी दिने कानुन निर्माण गर्न आदेश

तेश्रोलिंगीलाई पहिचान अनुसारको राहदानी दिने कानुन निर्माण गर्न आदेश

  • सोमबार, जेष्ठ २७ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.11157256688require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.11277322232include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) जेठ २८ – सरकारले पहिचान अनुसारको नागरिकता दिन परिपत्र जारी गरेको ५ महिनापछि समलिङ्गी तेश्रोलिङ्गीले आफनो पहिचान अनुसारको राहदानी लिन पाउने कानुन निर्माणको बाटो खुलेको छ । पहिचान अनुसारको नागरिकता पाएपनि राहदानी लिन नपाएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सर्वोच्चले पहिचान अनुसारकै राहदानी वितरण गर्ने कानुनी व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । तेश्रोलिंगी उल्लेख भएको नागरिकता लिएका तेश्रोलिंगीलाई उनीहरुकै पहिचान अनुसार राहदानी दिन सरकारका नाममा आदेश दिएको सर्वोच्च सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । समलिंगी तेश्रोलिंगीको संस्था नील हिरा समाजले पहिचान अनुसारको राहदानी पाउन नसकेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीश सुशीला कार्की र वैद्यनाथ उपाध्यायको इजलाशले तेश्रोलिंगीको पहिचान अनुसारकै राहदानी दिने व्यवस्था गर्न सरकारका नाममा आदेश दिएको हो ।

blue-diamond-society-logoयसअघि गृहमन्त्रालयले समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन परिपत्र जारी गरिसकेको छ । समलिंगी तेश्रोलिंगीलाई नागरिकतामा भएको पहिचान अनुसार राहदानी दिने व्यवस्था गर्न सरकारका नाममा सर्वोच्च दिएको आदेशको समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले स्वागत गर्नु भएको छ । तेस्रो लिङ्गीको पहिचानबाट राहादानी जारी भए दक्षिण एसियामा नेपाल तेस्रो मुलुक हुनेछ।

 यसैबीच नील हिरा समाजकी मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठले छिट्टै पहिचान अनुसारको नागरिकता लिने बताउनु भएको छ । श्रेष्ठले भन्नुभयो गाविसको सिफारिस लिइसकेको छु, अव छिट्टै जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर पहिचान अनुसारको नागरिकता लिन्छु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading