समलिङ्गी तेश्रोलिङ्गी माथि हुने भेदभाव अन्त्य गरौ

समलिङ्गी तेश्रोलिङ्गी माथि हुने भेदभाव अन्त्य गरौ

  • आइतबार, असार ९ २०७०

इन्दिरा न्यौपाने / बारा (पहिचान ) असार ९- नील हिरा समाजको शाखा कार्यालय बारा कलैयाले समलिङ्गी तेश्रोलिङ्गी माथि हुने भेदभाव अन्त्य हुनुपर्नेमा जोड दिएको छ । कलैयाको सिद्धेश्वर माविमा व्लू हेभेन नेपालले गरेको सास्कृतिक एवं अन्तरक्रिया कार्यक्रममा समलिङ्गी तेश्रोलिङ्गीले आफूमाथि हुने भेदभाव एवं लाञ्छना अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । कला र संस्कृतिको विकास गरौं, विविधताको सम्मान गरौं, समयमै संविधान सभाको चुनाव गरौं, समलिंङ्गी तेश्रोलिङ्गी माथि हुने भेदभाव र लाञ्छनाको अन्त्य गरौं भन्ने कार्यक्रमको नारा थियो । Picture1
कार्यक्रममा सहभागीहरुले समलिङ्गी तेश्रोलिङ्गीलाई समाजमा हेर्ने दृष्टिकोण नकारात्मक रहेको भन्दै यस्ता नकारात्मक सोच अन्त्य गर्नु पर्ने बताएका थिए । समलिङ्गी तेश्रोलिङ्गी समाजमा रहेका अन्य व्यक्ती सरह सक्षम रहेकाले विभेद गर्नु मानवअधिकार विपरित हुने सहभागीहरुको भनाई थियो । कार्यक्रममा देशका विभिन्न ठाउँबाट सहभागी भएका समलिङ्गी तेस्रोलिंगले आ आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

Picture5

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.