समलिङ्गी तेस्रोलिङ्गीहरुले संविधानसभा निर्वाचनमा उमेरद्वारी घोषणा गर्दै

समलिङ्गी तेस्रोलिङ्गीहरुले संविधानसभा निर्वाचनमा उमेरद्वारी घोषणा गर्दै

  • मंगलबार, असार १८ २०७०

नरेश फुयांल–काठमाडौं, १८ असार । राजनीतिक अधिकार प्राप्तीका लागी संघर्ष गर्दै आएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आगामी संविधानसभाको निर्वाचनमा उमेरद्वारी दिने तयारी गरेको छ ।
बहुसंख्यक बिपरित लिङ्गी सरह आफ्ना अधिकार पनि संविधानमै लेखाउन संविधानसभामै पुग्नु पर्ने आबश्यकताको महसुस गर्दै उक्त समुदायका ब्यक्तिहरु पनि आगामी संविधानसभा निर्वाचनमा उठ्ने तयारीमा जुटेका हुन् ।

समलिङ्गी तेस्रोलिङ्गीहरुको मातृसंस्था निलहिरा समाजकी अध्यक्ष पिङ्गकी गुरुङ्गले नीति निर्माण तहमा नपुगेसम्म आंफुहरुका अधिकार सुनिश्चित नहुने देखेर निर्वाचनमा उठ्ने तयारी गरिएको बताइन् ।
समाजकी मानवअधिकार विभाग प्रमुख भुमिका श्रेष्ठले सुमदाय भित्र फरक फरक बिचारधारा भएका ब्यक्ति भएकाले बिभिन्न राजनीतिक दलहरुले आफ्नो बिचारसंग मिल्ने समलिङ्गी तेस्रोलिङ्गी ब्यक्तिलाई उमेद्वार बनाउन सक्ने जानकारी दिईन् ।

श्रेष्ठले उम्मेद्वारीकै बिषयलाई लिएर बुधबार बिहान ११ बजे काठमाडौको अनामनगरस्थित युएन हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिईन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading