कांग्रेसले समलिङ्गी तेस्रो लिङ्गीका मुद्दालाई घोषणा–पत्रमा समावेश गर्ने

कांग्रेसले समलिङ्गी तेस्रो लिङ्गीका मुद्दालाई घोषणा–पत्रमा समावेश गर्ने

  • मंगलबार, असार १८ २०७०

नरेश फुयांल–काठमाडौं, १८ असार । नेपाली कांग्रेसले यौनिक तथा लैङ्गीक  अल्पसंख्यक समुदायका मुद्दालाई आगामी संविधानसभाको निर्वाचनको आफ्नो पार्टीको घोषणा पत्रमा कसरी समाबेश गर्ने भन्ने बिषयमा नील हिरा समाजका पदाधीकारीहरुसंग छलफल गरेको छ ।

घोषणा पत्रको मसौयौदा तयार गरिरहेका प्रताप पौडेल र कृष्ण रिजालले समाजका पदाधिकारीहरु भूमिका श्रेष्ठ, भक्ति शाह तथा दुर्गा थापा र विष्णु अधिकारीसंग छलफल गरेको हो । छलफल समलिङ्गी तेस्रो लिङ्गीका मुद्दालाई कसरी पार्टीको घोषणापत्रमा समाबेश गर्ने भन्ने बिषयमा केन्द्रित रहेका नील हिरा समाजकी मानअधिकार बिभाग प्रमुख भूमिका श्रेष्ठले जानकारी दिईन् ।

सो छलफलमा प्रजातान्कि बिचारधारप्रती आस्था राख्ने यौनिक तथा लैङ्गीक अल्पसंखयकहरुको महासंघ बनाएर कांग्रेस समलिङ्गी तेस्रो लिङ्गी समुदायका अधिकारका लागी लड्ने पक्षमा रहेको घोषणा पत्रका मसौयौदाकार प्रताप पौडेल र कृष्ण रिजालले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading