‘महात्मा गान्धी पनि समलिङ्गी पुरुष भएको आशंका’

‘महात्मा गान्धी पनि समलिङ्गी पुरुष भएको आशंका’

  • बुधबार, असार २६ २०७०

नरेश फुयांल(पहिचान)काठमाडौ, असार २६ – सञ्चार माद्ययमका अध्यता तथा गान्धि दर्शनका विद्यार्थी शंकर तिवारीले महात्म गान्धी पनि समलिङ्गी पुरुष हुन सक्ने कुरालाई नकार्न नसकिने बताएका छन् । लामो समयदेखी गान्धिबारे आइरहेका यसखाले खबर र विदेशी साथीहरुलाई उनले लेखका पत्रहरु हेर्दा गान्धी समलिङ्गी थिएनन् भनेर ठोकुवा गर्ने अवस्था नरहेको उनको भनाई छ । उद्यपी यसबारे स्वतन्त्र पुष्टि भने भइनसकेकाले गान्धी समलिङ्गी पुरुष नै थिए भनेर ठोकुवा गर्न भने नसकिने उनको भनाई छ ।

आफ्ना साथी जर्मन नागरिक कलेनवाचलाई गान्धीले पत्रमा “माई डियर लोअर हाउस” लेखेका छन् भने आंफुलाई “योर अपर हाउस” भनेका छन् । कतिपय विद्ववानहरुले “लोअर हाउस” भन्नाले यौन क्रिडामा महिलाको भूमिका निर्वाह गर्ने र “अपर हाउस” भन्नाले पुरुषको भूमिका निर्वाह गर्ने पुरुष भन्ने अर्थ लगाएका छन् । विद्वानहरुको यो ब्याख्यालाई स्वीकार्ने हो भने गान्धी यौन क्रिडाका बेला पुरुषको भूमिकामा रहन्थे ।

अध्यता तिवारीले समलिङ्गी तेस्रोलिङ्गीका मुद्धालाई राज्यका हरेक पक्षले संबोधन गर्नु पर्ने बताए । रेडियो कार्यक्रम पहिचानमा कुरा गर्दै उनले समलिङ्गी तेस्रोलिङ्गीलाई अन्य समुदाय सरहनै सरकारले ब्यबाहार गर्नु पर्नेमा जोड दिए । तिवारीले आगामी संविधानसभामा सबै राजनीतिक दलले समलिङ्गी तेस्रोलिङ्गीको प्रतिनिधित्व गराउनु पर्ने बताए । दलहरुले ब्यबाहारमा अझै पनि समलिङ्गी तेस्रोलिङ्गी समुदायसंगै समाजका धेरै पक्षलाई समेट्न नसकेको भन्दै उनले बिशेष गरी यो समस्या नेपालका कम्युनिष्ट पार्टीहरुमा रहेको जीकिर गरे ।

समलिङ्गी तेस्रोलिङ्गी प्रती नेपालमा अझै विभेद रहेपनि अन्य देशको तुलनामा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले चांडै अधिकार पाएको उनको बुझाई छ । समलिङ्गी तेस्रोलिङ्गीका अधिकार संविधानमै सुरक्षित गर्न सकेसम्म धेरै यौनिक तथा लैङ्गिीक अल्पसंखयक समुदायको प्रतिनिधित्व आगमी संविधानसभामा हुनु पर्ने उनको भनाई छ ।

सोही कार्यक्रममा आगामी संविधासभा निर्वाचनका लागी उम्मेद्वारी घोषणा गरेकी भूमिका श्रेष्ठले समाबेशी नेपाल निर्माणका लागी पनि दलहरुले समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभा निर्वाचन र संविधानसभामा प्रतिनिधित्व गराउनु पर्ने धारणा राखिन् । श्रेष्ठले समलिङ्गी तेस्रोलिङ्गीलाई नेपाली कांग्रेसले संविधानसभामा प्रतिनिधित्व गराउनेमा आंफु ढुक्क रहेको भन्दै अन्य राजनीतिक दलहरुले पनि यौनिक तथा लैङ्गिीक अल्पसख्यकलाई नजरअन्दाज गर्न नमिल्ने बताइन् ।

मानवअधिकार उपभोग समेत गर्न नपाएका समलिङ्गी तेस्रोलिङ्गीको मताधिकार सुरक्षीत हुनेमा आशंका गर्दै उनले त्यसको जिम्मेवारी सरकार र सरोकारवाला निकायहरुले लिनु पर्ने बताईन् । समलिङ्गी तेस्रोलिङ्गी मताधिकारबाट वञ्चित भए त्यसको जवाफदेही स्वयम सरकार तथा निर्वाचन आयोग हुने श्रेष्ठको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading