समलिङ्गी तेस्रोलिङ्गीको अभियानमा कोइरालाले साथ दिने

समलिङ्गी तेस्रोलिङ्गीको अभियानमा कोइरालाले साथ दिने

  • बुधबार, साउन १६ २०७०

नरेश फुयांल–काठमाडौ १६ साउन । नेपाली कांग्रेका सभापती शुसिल कोइरालाले आफ्नो अधिकार सुरक्षीत गर्न लागीरहेका समलिङ्गी तेस्रोलिङ्गीहरुको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार नेपालगञ्जमा रहेका सभापती कोइरालाई भेट्न पुगेका समलिङ्गी तेस्रोलिङ्गीहरुसंग उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । कोइरालाले कांग्रेस सबैभन्दा समाबेशी र लोकतान्त्रिक दल भएको भन्दै सबैका अधिकार रक्षाका लागी आफ्नो पार्टी कटिबद्ध रहेको बताए ।

भेटमा समलिङ्गी तेस्रोलिङ्गीहरुले कांग्रेस सभापती कोइरालासंग आफ्नो अधिकार सुरक्षीत गर्ने समलिङ्गी तेस्रोलिङ्गीहरुको अभियानमा सहयोग गर्न आग्रह गरेको आग्रहमा कोइरालाले आशन्न निर्वाचन र संविधानसभा निर्वाचनमा समलिङ्गी तेस्रोलिङ्गीहरुको सहभागीता विषयमा पनि केन्द्रमा छलफल भइरहेको जानकारी दिएका पश्चिम तारा नेपालका संयोजक परीमा चौधरीले जानकारी दिइन् ।

कोइरालाले समलिङ्गी तेस्रोलिङ्गीहरुलाई नीति निर्माणको तहमा पुर्याउन कांग्रेस सकारात्मक रहेको भन्दै अधिकार प्राप्तीको आन्दोलनलाई निरन्तरता दिन सुझाव दिनु भएको चौधरीले बताईन् । कोइरालाले समलिङ्गी तेस्रोलिङ्गीहरुलाई संविधानसभामा कसरी प्रतिनिधित्व गराउने भन्ने बिषयमा केन्द्रका समलिङ्गी तेस्रोलिङ्गी र पार्टीमा आंफुले छलफल गरीरहेको बताएका चौधरीले जानकारी दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading