समलिंगी तेश्रोलिंगीबारे शिक्षक शिक्षिकालाई तालिम

समलिंगी तेश्रोलिंगीबारे शिक्षक शिक्षिकालाई तालिम

  • शनिबार, भाद्र २२ २०७०

कास्की (पहिचान) भदौ २२- नील हिरा समाजले शिक्षक शिक्षिकालाई समलिंगी तेश्रोलिंगीबारे तालिम दिन शुरु गरेको छ । लैङ्गिक अल्पसंख्यक विद्यार्थीको मुद्धा तथा समस्याको समाधान विषयक पोखरामा भएको तालिममा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले विद्यालयलाई लैङ्गिक मैत्री बनाउनु पर्नेमा जोड दिए ।

विद्यालयमा महिला र पुरुष दुई लिङ्गबारेमात्रै अध्यापन हुने गरेको बताउँदै पन्तले समलिंगी तेश्रोलिंगीबारेमा अध्यापन हुनु जरुरी रहेको बताए । पन्तले शिक्षक शिक्षिका र विद्यार्थीबीच समलिंगी तेश्रोलिंगीबारे छलफल गर्नुपर्ने बताए । विद्यार्थीको तहबाट पनि यो विषयलाई बुझाउँदै लैजानु पर्छ पन्तले भने जति लुकाउँदै गयौ त्यति समलिंगी तेश्रोलिंगी विभेदमा परिरहन्छन् ।???????????????????????????????

शुरुमा नकारात्मक कुरा आउन सक्ने बताउँदै पन्तले खुलेर आउनेलाई सहयोग गर्न शिक्षक शिक्षिकाको हात अगाडि बढ्ने आशा रहेको बताए । तालिमा पन्तले बालअधिकारसँगै लैङ्गिक अल्पसंख्यक विद्यार्थीको अधिकार भनेर पनि छलफल चलाउन शिक्षक शिक्षिकालाई आग्रह गरे । पन्तले विद्यालयमा समलिंगी तेश्रोलिंगी विद्यार्थीलाई पनि अतिरिक्त क्रियाकलापमा सहभागी गराउन, पाठ्क्रममा समलिंगी तेश्रोलिंगीको विषय समावेश गर्न र यस विषयमा खुलेर छलफल गर्न आग्रह गरे ।

४५ जना सहभागी शिक्षक तालिममा सरस्वती उच्च माविका रमेश पन्त, श्रीकृष्ण माविका प्रधानाध्यापक केदार अधिकारी, सिद्धार्थ उच्च माविकी जमुना काफ्ले चापागाई लगायतले एक दिने तालिमबाट धेरै सिक्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । नौलो विहानी पोखराका राजु थकालीले शिक्षक शिक्षाकाको सहयोग सधै आवश्यक परिरहने र सहकार्य गर्न शिक्षक शिक्षिकालाई आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.