विद्यार्थीको अभिलेख राख्ने सफ्टवेयर समावेशी बनाउन माग

विद्यार्थीको अभिलेख राख्ने सफ्टवेयर समावेशी बनाउन माग

  • मंगलबार, मंसिर १८ २०७०

काठमाडौं (पहिचान) मंसिर १८- नील हिरा समाजले विद्यार्थीको अभिलेख राख्ने सफ्टवेयर समावेशी बनाउन माग गरेको छ । समाजले शिक्षा मन्त्रालयलाई विद्यार्थीको अभिलेखिकरण राख्न तयार भइरहेको कम्प्युटर सफ्टवेयरमा महिला, पुरुष र अन्य राखेर लैङ्गिक अल्पसंख्यक विद्यार्थीलाई पनि समावेश गर्न माग गरेको हो ।
sanjeeb_gurungसमाजकी अध्यक्ष पिंकी गुरुङले मन्त्रालयमा दिएको निवेदनमा समलिंगी तेश्रोलिंगी आफ्नो पहिचान अनुसार विद्यालयमा भर्ना हुन नपाउने, पहिचान अनुसार भर्ना हुन नपाउँदा प्रमाणपत्र गलत पहिचानको लिन बाध्य हुनु परेको जानकारी गराउनु भएको छ । छात्रवृत्तीमा तेश्रोलिंगीलाई छुटाइएको, कक्षा कोठामा बस्न, पोशाक, शौचालय लगायत आवश्यक सेवाबाट बहिष्करणमा परेको भन्दै अध्यक्ष गुरुङले दिएको निवेदनमा धेरै तेश्रोलिंगी अध्ययन पूरा नगरीबीचमै पढाई छोड्न बाध्य भएको उल्लेख गर्नु भएको छ ।
निवेदनमा शिक्षा मन्त्रालयले सबै स्कूल क्याम्पसलाई परिपत्र जारी गर्न माग गरिएको छ । गृह मन्त्रालयले निर्देशिका जारी गरेर समलिंगी तेश्रोलिंगीलाई लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरिसकेको छ । नागरिकता अन्य उल्लेख गरेर पाउने तर विद्यालयमा महिला या पुरुष मात्रै उल्लेख गरेर समलिंगी तेश्रोलिंगीले पहिचान लुकाएर भर्ना हुनुपर्ने विभेदकारी व्यवस्था हटाउनु पर्ने नील हिरा समाजको माग छ ।
नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूवं सभासद् सुनिलवावु पन्तले शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्मालाई टेलिफोन गरेर सफ्टवेयर समावेशी बनाउनु भन्नुभएको थियो । शर्माले समलिंगी तेश्रोलिंगी विद्यार्थीले पढ्न पाउनु पर्ने भन्दै त्इसका लागि मन्त्रालयले गर्नु पने व्यवस्थाबारे निवेदन दिनु भन्नु भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.