शिक्षकले सिके यौनिक तथा लैगिंक अल्पसंख्यकका समस्या

शिक्षकले सिके यौनिक तथा लैगिंक अल्पसंख्यकका समस्या

  • आइतबार, पौस २१ २०७०

पोखरा,(पहिचान) पुष २० – कक्षाकोठामा विद्यार्थीलाई पढाउने शिक्षकहरु शनिबार बिहानदेखि पाँच घण्टा आफै विद्यार्थीजस्तै भएर पढे । विषय केन्द्रित थियो, यौनिक अल्पसंख्यक विद्यार्थीहरुसंग गर्ने ब्यवहारका बारेमा । धेरै सुने पनि ब्यवहारिक रुपमा नभोगेको विषय भएकाले उनीहरु निकै जिज्ञासु भएर सुने । अनि खुलेर प्रश्नोत्तरमा उत्रे । विश्व बैंकको सहयोगमा निलहिरा समाज र नौलो बिहानी पोखराले आयोजना गरेको ‘यौनिक झुकाव अभिमुखीकरण र लैंगिक पहिचान’ विषयक अभिमुखी करण कार्यत्र mमबाट आफूहरुलाई धेरै ज्ञान मिलेको र अब समलिंगी र तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आएको सहभागी शिक्षकहरुले बताए ।

जनज्योति उच्च माविकी शिक्षिका प्रभा तिमल्सेनाले अशिक्षा र जनचेतनाको कमीले तेस्रो लिंगी र समलिंगीलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै विभेद कम गर्नका लागि समाज नै सचेत हुनुपर्ने बताइन् । पूर्वजन्मको पापको फल नभइ प्राकृतिक कारणले मानिसहरुमा यस्तो स्वभाव आउने भन्दै सहजकर्ताहरुले कक्षाकोठामा समलिंगी तथा तेस्रोलिंगी विद्यार्थीहरु रहेको खण्डमा संयमित भएर काम गर्न आग्रह गरे । अभिमुखीकरणका सहजकर्ता राजेश घिमिरेले भने, तपाई हाम्रै वरिपरी समेत त्यस्तो स्वभावका मानिस हुन सक्छन्, उनीहरुलाई हेय भावले हेर्नु भएर, सोचमा परिवर्तन ल्याउनुप¥यो । यौनिक अल्पसंख्यकहरुलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएकै कारण खुलेर आउन समस्या भएको सहभागीले बताएका थिए ।

विद्यालय तथा क्याम्पस तहमा अझै पनि यौनिक अल्पसंख्यक मैत्री वातावरण नभएको भन्दै यसमा सुधार गर्नुपर्ने सहभागीहरुले सुझाव दिएका छन् । भद्रकाली उच्च माविका शिक्षक नारायाण सापकोटाले यस्ता ब्यक्तिहरुको पहिचान नै प्रमुख समस्या रहेको बताए । उनले भने, भर्ना फारममा नै महिला र पुरुषको खण्ड हुन्छ, तेस्रो लिंगीको हुँदैन । बस्ने सिट देखि लिएर छात्रवृत्तिमा समेत विभेद गरिएको हुन्छ । पोशाक र शौचालय र भाषा प्रयोगमा समेत समस्या देखिएको उनको धारणा थियो । विद्यालयमा छात्र र छात्राको अलग अलग खेदकुद प्रयोगिता हुँदा यौनिक अल्पसंख्यकहरु हेरेर बस्नुपर्ने अवस्था रहेको उनले बताए ।
अर्का शिक्षक जीवन सुवेदीले पाठ्यक्रम नै यौनिक अल्पसंख्यमैत्री नभएको बताए । महिला र पुरुषको बारेमा लेखिएका पाठ्यसामग्री भए पनि समलिंगी र तेस्रोलिंगकिो बारेमा उल्लेख गरिएको हुँदैन, यसमा पनि सुधार आवश्यक छ, उनले भने । पहिचान खुलेपछि पनि साथीभाइले हेप्ने, होच्याउने, अपशब्द प्रयोग गर्ने गरेकाले कतिपय अवस्थामा भयानक परिणामसमेत आउने गरेको उनले सुनाए । सामाजिक र मानसिक दबाब र प्रभावका कारण यौनिक अल्पसंख्यकहरु आफूमा लुकेको प्रतिभा प्रष्फुटन गर्नबाट वञ्चित रहेको सहभागीहरुले बताएका थिए । कार्यक्रममा पोखराका विभिन्न विद्यालयका २५ जना शिक्षक तथा विद्यार्थीको सहभागिता थियो । शिक्षकद्वय राजेश घिमिरे र देविप्रसाद बस्यालले सहजिकरण गरेको कार्यक्रममा समन्वयकर्ता रमेश पन्तले समेत अभिमुखीकरण गरेका थिए ।
विश्व बैंकको सहयोगमा स्याङ्जा र कास्कीका छ सय शिक्षकलाई अभिमुखीकरण गर्ने गरी कार्यक्रम संचालन गरिएको यौनिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएको नौलो बिहानीका कार्यकारी निर्देशक राजु थकालीले बताए ।
पहिलो चरणमा १३ जना सहजकर्ता र एक जनालाई टीओटी दिए पनि उनीहरुले नै कार्यक्रम संचालन गरेर अन्तिम चरणमा आइपुगको जानकारी थकालीले दिए । शिक्षकहरुलाइृ यौनिक अल्पसंख्यक र उनीहरुको अधिकारका बारेमा जानकारी गराउँदा समाजमा सहजै जान सक्ने भएकाले यो कार्यक्रम गरिएको उनले बताए ।
सो अवसरमा महिला समलिंगी विपना पनेरु र राजु थकालीले आफ्ना अनुभव सुनाउँदा सहभागीका आँखा रसाएका थिए । शनिबार नै लेखनाथ र हेम्जामा अभिुमखीकरण तामिल सम्पन्न भएको थकालीले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading