संविधानमा अधिकार लेखाउने अभियानमा समलिंगी तेश्रोलिंगी

संविधानमा अधिकार लेखाउने अभियानमा समलिंगी तेश्रोलिंगी

  • मंगलबार, माघ २१ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009728040{main}( ).../index.php:0
20.0010731064require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10287144576require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10477210120include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं ( पहिचान) माघ २१- जन्मदाँ पुरुष, हुर्कदै बढ्दै जाँदा महिला स्वभाव । जन्मदाँ महिला हुर्कदै बढ्दै जाँदा पुरुष स्वभाव यस्ता व्यक्ती प्राकृतिक रुपमै तेश्रोलिंगी हुन्छन र यिनलाई तेश्रोलिंगी महिला र तेश्रोलिंगी पुरुष भनिन्छ । यिनै मध्येका एक तेश्रोलिंगी पुरुष अहिले संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगी समूदाय प्रतिनिधित्व नभएकोमा चिन्तित छन् । तेश्रोलिंगीलाई पहिलो संविधान सभामा आफ्नो समूदायका एक जनाको मात्रै प्रतिनिधित्व भएकोमा जति खुशी थियो त्यो खुशी अहिले छैन । दोश्रो संविधानसभामा एक जनाको पनि प्रतिनिधित्व नभएपछि समलिंगी तेश्रोलिंगी धेरै दुखी छन् । समलिंगी तेश्रोलिंगी भन्छन् ः हाम्रो अधिकार अव लेखिने संविधानमा अटाउँला ?

हो यो प्रश्न गर्ने मध्येका एक हुन्, अधिकार विहिन समूदायको आवाज सबैलाई सुनाउने र नेपालमै पहिलो पटक लिंगको महलमा तेश्रोलंगी उल्लेख गरेर नागरिकता लिने विष्णु अधिकारी । अधिकारीले समलिंगी तेश्रोलिंगी समूदायको अधिकारबारे धेरै बर्ष देखि वकालत गर्दै आए । उनलाई न कसैसँग लिनु न कसैलाई दिनु कुनै स्वार्थ छैन । उनलाई समलिंगी तेश्रोलिंगी अधिकारमा सबै सरह समान हुनुपर्छ भन्ने छ ।

यो समान अधिकारको नारा उठाउने नील हिरा समाजमा अधिकारी समाजको स्थापना भन्दा पछाडिनै आवद्ध भएका हुन् । समलिंगी तेश्रोलिंगीको अधिकारका लागि पछाडिनै आवद्ध भएपनि उनले आफ्नो पहिचान स्थापित गराउने पहिलो व्यक्ती भएको प्रमाण लिइसकेका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय कास्कीबाट लिंगको महलमा तेश्रोलिंगी उल्लेख गरेर नागरिकता लिए र नेपालमा लिंगको महलमा तेश्रोलिंगी उल्लेख गरेको नागरिकता लिने पहिलो व्यक्ती बने । नेपालको सार्वेच्च अदालतले २०६४ साल पुष ६ गते समलिंगी तेश्रोलिंगी प्राकृतिक हुन् र उनीहरुलाई यौनिक तथा लैगिंक पहिचान उल्लेख गरेर नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेपछि आफ्नो पहिचान अनुसार नागरिकता लिने अधिकारी पहिलो भएका हुन् ।

पहिलो हुनलाई मात्रै विष्णुले नागरिकता लिएका होइनन् । विष्णुले आफु जस्ता लाखौ समलिंगी तेश्रोलिंगीले पहिचान अनुसारको नागरिकता पाउनुपर्छ भन्ने नील हिरा समाजको अभियानमा हातेमालो मात्रै गरेका हुन् । उनलाई आफ्नो पहिचान अनुसारको नागरिकता प्राप्त गर्ने कानुनी अधिकार दिलाउने समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्त हुन् । पन्तकै नेतृत्वमा नील हिरा समाज स्थापना भएको हो । नेपालमा पहिलो पटक संविधान लेख्नका लागि भएको संविधान सभाको चुनाव अघिनै समलिंगी तेश्रोलिंगीले पहिचान अनुसारको नागरिकता पाउनु पर्छ भनेर सर्वोच्च पुग्ने सुनिलवावु पन्त हुन् भने दक्षिण एसियामै संविधान सभा र संसदमा समलिंगीको प्रतिनिधित्व गर्ने पन्त पहिलो व्यक्ती हुन् ।
विडम्वना पहिलो संविधान सभा संविधान नै जारी नगरी भंग भयो । संविधान सभामा अरु विषयमा विवाद भएपनि समलिंगी तेश्रोलिंगीको अधिकार लेख्ने विषयमा सर्वसम्मत भएको थियो । पन्त सदस्य रहेको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदामा समलिंगी तेश्रोलिंगीको अधिकार मौलिक हकमै लेखिएको थियो । तर दोश्रो पटक गठन भएको संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नभएकोमा लाखौ समलिंगी तेश्रोलिंगी चिन्तित छन् । 964463_572766879431837_643850036_o
यो चिन्ताले तेश्रोलिंगी विष्णु अधिकारीलाई पनि सताइरहन्छ । यो चिन्ता सहित तेश्रोलिंगी अधिकारी शान्तिका लागि साझा अभियान कोक्यापले माघ २१ गते काठमाडौंमा गरेको “नेपालमा पहिलो संविधान सभा उपलब्धि अवसान र अबको बाटो” विषयक राष्ट्रिय सम्मेलनमा सहभागी हुन पुगे । त्यहाँ उनले संविधान सभा समावेशी हुनुपर्छ मात्रै भनेनन्, समलिंगी तेश्रोलिंगीको अधिकार मौलिक हक अधिकारमै लेखिनुपर्नेमा जोड दिए । तेश्रोलिंगी विष्णुको कुरा कतिले सुने कतिले एक कानले सुने अर्को कानले उडाए । समलिंगी तेश्रोलिंगीको पीडा बोल्न र लेख्न अघि सर्नेहरु धेरै कम रहेको प्रमाण कोक्यापले कार्यक्रम सकिएपछि पठाएको यो समाचारबाटै प्रष्ट हुन्छ । तर पनि समलिंगी तेश्रोलिंगीले हरेस खाएका छैनन् र नयाँ संविधानमा आफ्ना अधिकार लेखाउने अभियान निरन्तर जारी राखेका छन् ।
कोक्यापले संचारमाध्यमाई पठाएको समाचार
नेपाली जनताको ठूलो अपेक्षा र भरोसाका बीच गठन भएको पहिलो संविधान सभाको नयाँ संविधान जारी नगरी अवसान भयो । लामो रिक्तता पश्चात दोस्रो संविधान सभाको निर्वाचन मार्फत नयाँ संविधान सभा गठन भएको छ । पहिलो संविधान सभाका विभिन्न विषयगत समितिहरुले मेहनतका साथ ऐतिहासिक निर्णयहरुसंगै आफनो विषयगत प्रतिबेदन तयार गरेको हामी सबैलाई विदितै छ । चार बर्षको समय र ठूलो धनराशि खर्च गरी तयार गरिएका ती प्रतिवेदन र उपलब्धिलाई यस संविधान सभाले स्वामित्व लिने वा नलिने भन्ने विषयमा बहस सुरु भएको छ । विगतको मेहनत र लगानीलाई खेर जान दिने की नदिने भन्ने मुख्य सवाल नेपाली राजनीतिक वृत्तमा पैदा भएको छ ।

पहिलो संविधान सभाको जस्तै नियति दाश्रो संधिान सभाले भोग्न नपरोस भन्ने उद्देश्यका साथ विगत एक दशक देखि नेपालमा शान्ति, मानवअधिकार र लोकतन्त्रको क्षेत्रमा काम गर्दै आईरहेको शान्तिका लागि साझा अभियान (कोक्याप) ले “नेपालमा पहिलो संविधान सभा उपलब्धि अवसान र अबको बाटो” विषयक राष्ट्रिय सम्मेलन मिति २०७० माघ २१ गते काठमाडौं मा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न दलका तिन दर्जन सभासदहरु, नागरिक समाजका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु लगायत १२९ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सांङकेतिक अर्थ दिने गरि काठमाडौं मा केहि बर्ष यता भरियाको रुपमा काम गर्दै आउनुभएका कान्छा लामा र तामाङ्गलाई निमन्त्रणा गरिएको थियो । कार्यक्रममा नागरिक समाजका अगुवा श्याम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तोता श्रेष्ठले कार्यपत्रमा पहिलो संविधान सभाका विषयगत समितिहरुले तयार गरेको प्रतिबेदनमा आधारीत रहि ती प्रतिबेदनको समिक्षा गर्दै अबको संविधान सभाले लिनु पर्ने बाटोको विषयमा सुझाउनु भएको थियो ।

सम्मेलनमा सहभागि नागरिक समाजका प्रतिनिधिहरुले नागरिकहरुले संविधान लामो समय देखि कुरिरहेको हुँदा तोकिएकै समयमा संविधान जारी गर्न सभासदहरुलाई अनुरोध गरेका थिए । सभासदहरुले सम्मेलनमा उठाईएका विषय बस्तुहरुमाथि गम्भिर छलफल गर्दै राम्रा पक्षहरुलाई आत्मासात गदै समयमै संविधान जारी गर्न अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्मेलनमा कार्यक्रमका कार्यपत्र प्रस्तोता श्याम श्रेष्ठद्वारा लिखित तथा कोक्याप द्वारा प्रकाशित “नेपालमा पहिलो संविधान सभा उपलब्धि अवसान र अबको बाटो” विषयक पुस्तक विमोचन गरिएको थियो । सम्मेलन शान्तिका लागि साझा अभियान (कोक्याप) को अध्यक्ष अषा बरुवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading