तेश्रोलिंगी भएकै कारण शिक्षा लिने अवसरबाट बञ्चित हुन नदिने

तेश्रोलिंगी भएकै कारण शिक्षा लिने अवसरबाट बञ्चित हुन नदिने

  • बुधबार, फाल्गुन २८ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09467260104require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09587325648include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) फागुन २८ -सरकारले समलिंगी तेश्रोलिंगी भएकै कारण शिक्षा लिने अवसरबाट बञ्चित हुन नदिने प्रतिवद्धता जनाएको छ । सबैका लागि शिक्षा विषयमा काठमाण्डौमा भएको राष्ट्रिय कार्यशालामा सरकारले तेश्रोलिंगीलाई विद्यालय स्तरिय शिक्षा लिन पाउने अधिकारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव महाश्रम शर्माले तेश्रोलिंगी मैत्री विद्यालय बनाउने र नीति, नियम, ऐन, कानुन तेश्रोलिंगी मैत्री बनाउने बताए । प्रवक्ता शर्माले तेश्रोलिंगी मैत्री शिक्षाका लागि सुधार गर्नुपर्ने विषय लिखित रुपमा पनि उपलब्ध गराउन आग्रह गरे ।

नील हिरा समाजकी तालिम अधिकृत तेश्रोलिंगी स्वस्तिका लामाले तेश्रोलिंगी भएकै कारण शिक्षा लिन नपाएको लाखौ समलिंगी तेश्रोलिंगीलाई सरकारले सम्वोधन गर्नुपर्ने बताइन । बालबालिकाको पहिलो पाठशाला घरबाटै शिक्षा नदिने गरेको बताउँदै बल्ल बल्ल विद्यालय पुगेकालाई पनि शिक्षक शिक्षिकाले विभेद गरेर निश्कासन गर्ने गरेको बताइन । शिक्षा नदिने, शिक्षा छैन भनेर रोजगारी नदिने अनि काठमाण्डौंको ठमेलको नाम लिएर समलिंगी तेश्रोलिंगीलाई हाँसोको पात्र मात्रै बनाउने काम भएकोमा लामाले आपत्ती जनाइन ।

ऐन, नियम, नीति कानुन मात्रै बनाउने भन्ने मौखिक आश्वासन मात्रै नदिन तेश्रोलिंगी लामाले सरकारलाई आग्रह गरिन । नील हिरा समाजले शिक्षालयलाई तेश्रोलिंगी मैत्री बनाउन, कक्षा कोठा महिला, पुरुष, समलिंगी तेश्रोलिंगी मैत्री बनाउन र भर्ना गर्दानै महिला, पुरुष र समलिंगी तेश्रोलिंगी उल्लेख गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । समलिंगी तेश्रोलिंगीको मातृ संस्था समाजले गृहमन्त्रालयले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीलाई अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरिसकेकाले विद्यार्थीको तथ्याङक संकलन गर्दा शिक्षा मन्त्रालयले महिला पुरुष र अन्य भनेर उल्लेख गर्नु पर्ने माग गरेको छ ।

समाजले शिक्षा मन्त्रालयलाई सम्भव भएसम्म विद्यालयमा एक जना समलिंगी तेश्रोलिंगी शिक्षक अनिवार्य नियुक्त गर्नुपर्ने व्यवस्था गर्न पनि माग गरेको छ । समाजले पाठ्यक्रममा समलिंगी तेश्रोलिंगीको विषय समावेश गर्न पनि माग गरेको छ । पाठ्यक्रम विकास केन्द्रले अहिले कक्षा, ६, ७ र ८ को स्वास्थ्य शिक्षा तथा शारीरिकमा तेश्रोलिंगीबारे उल्लेख गरेको र यो शिक्षा कक्षा १ देखि १० सम्म अनिवार्य गर्नुपर्ने माग समाजको छ ।

कक्षा ५ मा पुगेपछि कक्षा छोड्ने ५ प्रतिशत विद्यार्थी मध्ये धेरै तेश्रोलिंगीनै भएको भन्दै समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । कार्यशालामा समलिंगी तेश्रोलिंगीले शिक्षा पाए विश्व प्रसिद्ध नोवेल पुरस्कारका लागि मनोनयनमा समेत पर्न सक्ने उदाहरण सुनिलवावु पन्तलाई लिन सकिने नील हिरा समाजले बताएको थियो । समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् पन्त विश्व प्रसिद्ध नोबेल पुरस्कार सन् २०१४ को मनोनयनमा परेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading