समलिंगी तेश्रोलिंगीको अधिकार सुनिश्चित गर्ने भारतका विभिन्न राजनीतिक दलको प्रतिवद्धता

समलिंगी तेश्रोलिंगीको अधिकार सुनिश्चित गर्ने भारतका विभिन्न राजनीतिक दलको प्रतिवद्धता

  • बुधबार, चैत्र १२ २०७०

काठमाडौं (पहिचान) चैत १२ -भारतका विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्रमा समलिंगी तेश्रोेलिंगी समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । अगामी अप्रिल ७ तारिखदेखि सुरु हुन लागेको आम चुनावका लागि आज घोषणापत्र सार्वजनिक गरेको सत्तारुढ भारतीय काँग्रेस पार्टिले मानव अधिकारको रक्षा शिर्षकमा समलिंगी तेश्रोलिंगीको अधिकारलाई सुनिश्चित गर्ने उल्लेख गरेको छ । यो शिर्षक अन्तर्गतको बुँदामा सहमतीमा गरिएको समलिंगी यौन सम्बन्धलाई बैधता दिने कानुन ल्याउने विषय पनि उल्लेख गरिएको छ ।
यस्तै भारतीय कम्युनिष्ट पार्टी सिपीआइले पनि आफ्नो घोषणा पत्रमा समलिंगी तेश्रोेलिंगीको अधिकारलाई समेटेको छ । समलिंगी तेश्रोलिंगीको बारेमा कानुनमा भएको विभेदलाई हटाउने विषयलाई प्रस्टसँग उठान गर्ने सिपिआई पहिलो पार्टी समेत बनेको छ । यस्तै भ्रष्टाचार नियन्त्रण र सामाजिक सुधारको मुल नारा लिएर गठन भएको नयाँ पार्टी आम आदमी पार्टी आमले पनि समलिंगी तेश्रोलिंगी समुदायको अधिकार रक्षाका विषय घोषणा पत्रमा समेट्ने बताइसकेको छ ।
आपले छिट्टै नै सार्वजनिक गर्न लागेको घोषणापत्रमा यो समुदायप्रति हुँदै आएको विभेदलाई अन्त्य गर्न पहल गर्ने विषय समेट्ने बताएको छ । आपका नेताहरुले समलिंगी तेश्रोलिंगीलाई विभेद गर्ने कानुनको ३ सय ७७ धारामा संशोधन गरेर समान अधिकार दिलाउने विषयमा पार्टी भित्रै पनि बहस गरेको बताएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.