तेश्रोलिंगीलाई पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने सरकारको घोषणा

तेश्रोलिंगीलाई पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने सरकारको घोषणा

  • शुक्रबार, बैशाख १२ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0000463112{main}( ).../index.php:0
20.0001568632require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.14646985752require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.14767010336include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) बैशाख १२- सरकारले तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने भएको छ । सरकारले पहिलो पटक तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारकै शैक्षिक प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको चौथो पञ्च वर्षिय मानवअधिकार राष्ट्रिय कार्ययोजनामा तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने उल्लेख गरिएको छ ।

यस्तै कार्ययोजना मार्फत सरकारले तेश्रोलिंगीका नाममा नागरिकता तथा राहदानी प्रदान गर्ने र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरुद्ध समाजमा रहेको भ्रम र अविश्वास हटाउने घोषणा गरेको छ । यसका लागि सरकारले महिला, बालबालिका तथा समाज कल्याण, शिक्षा मन्त्रालयलाई जिम्मेवार निकायको रुपमा र गृह, परराष्ट्र, शिक्षा मन्त्रालय र गैरसरकारी संस्थालाई सहयोगी निकायको रुपमा राखेको छ । यसका लागि निरन्तर काम गर्ने सरकारको प्रतिवद्धता छ ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको विषय सरकारको मानवअधिकार रायिट्रय कार्ययोजनामा समावेश भएकोमा नील हिरा समाजका संस्थापक, पूर्व सभासद् एवं विश्व प्रशिद्ध नोवेल शान्ति पुरस्कार सन् २०१४ को मनोनयनमा परेका सुनिलवावु पन्तले सरकारलाई धन्यवाद दिएका छन् । समलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजले पहिचान अनुसारको नागरिकता, राहदानी र शैक्षिक प्रमाणपत्र प्रदान गर्न सरकार, राजनीतिक दल लगायतलाई दवाव दिदै आएको थियो ।

चौथो पञ्चवर्षिय मानवअधिकार राष्ट्रिय कार्ययोजनामा समावेश भएका यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको विषय कार्यान्वयन हुने र अहिलेसम्म भोग्दै आएको विभेद र दुरव्यवहार अन्त्य हुने नील हिरा समाजको विश्वास रहेको समाजले बताएको छ ।
कार्ययोजनामा उल्लेख भएको विषय ः
उद्धेश्य
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्ने ।
कार्यक्रम

  • यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरुद्ध समाजमा रहेको भ्रम र अविश्वास हटाउन जनचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने ।
  •   तेस्रो लिङ्गीका नाममा नागरिकता तथा राहदानी प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने ।
  • तेस्रो लिङ्गीकालाई निजहरूको पहिचान खुल्ने गरी शैक्षिक प्रमाणपत्र प्रदान सम्बन्धी ।

जिम्मेवार निकाय
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
शिक्षा मन्त्रालय
सहयोगी निकाय
गृह मन्त्रालय परराष्ट्र मन्त्रालय
शिक्षा मन्त्रालय
गैरसरकारी संस्था
समयसीमा
निरन्तर
कार्यसम्पादन सुचक

  • यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरुद्ध समाजमा रहेको भ्रम र अविश्वास हटाउन जनचेतनामूलक क्रियाकलाप सञ्चालन भएको हुने ।
  • तेस्रो लिङ्गीका नाममा नागरिकता तथा राहदानी प्रदान भएको हुने ।
  • तेस्रो लिङ्गीकालाई निजहरूको पहिचान खुल्ने गरी शैक्षिक प्रमाणपत्र प्रदान गरिएको हुने ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading