ध्वंसात्मक कि सिर्जना, के रोज्ने ? तपाईहरुलाई जिम्मेवारी हस्ताण्तरण गर्न चाहन्छु: पन्त

ध्वंसात्मक कि सिर्जना, के रोज्ने ? तपाईहरुलाई जिम्मेवारी हस्ताण्तरण गर्न चाहन्छु: पन्त

  • शुक्रबार, जेष्ठ २ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0014727832{main}( ).../index.php:0
20.0014730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.12657293472require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.12767359016include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

भवानी घिमिरे/काठमाडौ  (पहिचान) जेठ २- विवाहको जग्गे तयार हुँदै देखि गंगा खुशी थिइन, उनी दिदीको विहेमा मज्जैले नाचेर जन्तीलाई मख्ख पार्ने तयारीमा जुटिरहेकी थिइन । जग्गे तयार भयो । पण्डित आएर पलेटी कसेर बसे, बाजा बझाउँदै एक हुल जन्ती वेहुलालाई छाता ओडाएर वेहुलीको घरमा ल्याए । जग्गेमा बसाले । बेहुलाले बेहुलीलाई माला लगाइदिए, वेहुलीले वेहुलालाई माला । माला लगाए लगत्तै थचक्क भुई बस्न नपाउँदै गंगाको मन फुरुङ मात्रै भएन उनी छम छम नाच्न थालिन जन्ती पनि नाच्न थाले । विहे घरमा अर्कै सन्त्रास छायो, आमा कराईन, वेहुलाका बुबा झन्किए र भन्न थाले यो मेरो छोरोको विहे हो ।

???????????????????????????????उनले वेहुला ( आफ्नो छोरा) को हात समाएर ताने, बेहुलाले वेहुलीको हात सामाले बुबाले तानेको आफ्नो दाहिने हात फुत्काउन प्रयास गरे तर फुत्किएन, फुत्कियो त वेहुलीको दाहिने हात । आफ्नो देव्रे हातले वेहुलीको दाहीने हात समातेर उचाल्न खोजेका वेहुलालाई बुबाले यस्ताका छोरी विहे गर्न हुँदैन, के यो पनि छोरी हो या होइन शंका छ भन्दै जग्गेबाट विवाह रद्ध गरेर घर फर्के । यो बास्तविक विवाह भने थिएन । गंगा जन्मदा छोरा थिइन, हुर्कदै बड्दै जाँदा उनमा महिला स्वभाव आयो । उनले आफूमा भएको यौनिक तथा लैगिंक चाहना व्यक्त गर्ने उपयुक्त दिन आफ्नो दिदीको विहेमा देखाउदाँ घृणा होइन सम्मान पाइने मनमनै सोचिन र सारी चोली लगाएर सजिइन ।???????????????????????????????

तर कुरो गंगाले सोचे भन्दा फरक भइदियो गंगा त्यही कारण घरबाट निकालिन बाध्य भइन । यो समलिंगी तेश्रोलिंगी विरुद्धको अन्तराष्ट्रिय दिवसका दिन काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा गरिएको नाटक हो । दर्शकदिर्घामा बसेको जो कोहीलाई यो नाटक नभएर यो त अहिले पनि घर, परिवार, समाज र राज्यबाट समलिंगी तेश्रोलिंगीले भोग्दै आएको उदाहरणिय पीडा मात्रै थियो । समलिंगी तेश्रोलिंगी भएकै कारण यति मात्रै होइन बसमा यात्रा गर्दा, कोठाभाडामा बस्न खोज्दा र सडकमा साथी कुरेर बस्दा दुरव्यवहार खेप्नु परिरहेको छ समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्त यो विभेद १८ औ शताव्दीमा जर्मनमा मोर्डन मेडिकल साइन्स अर्थात आधुनिक चिकित्सा सास्त्र आएपछि शुरु भएको मान्दछन् ।???????????????????????????????

जर्मनको आधुनिक चिकित्सा सास्त्रले समलिंगी तेश्रोलिंगी हुनुलाई मानसिक रोगको रुपमा परिभाषित गर्यो । पन्त थप्छन्, १८ औ शताव्दीदेखिको भ्रम विश्व स्वास्थ्य संगठनले सने १९९० मे १७ मा हटाउन महत्वपूर्ण निर्णय गर्यो । विश्व स्वास्थ्य संगठनले सन्् १९९० मे १७ मा समलिंगी तेश्रोलिंगी हुन कुनै मानसिक रोग नभएको घोषणा गर्दै विश्वमा महिला, पुरुष भन्दा फरक यौनिकता भएका व्यक्ति पनि जन्मन्छन् जो समलिंगी तेश्रोलिंगी हुन् र उनीहरु प्राकृतिक हुन भनेर घोषणा गर्यो । विश्व स्वास्थ्य संगठनको यो घोषणा महत्वपूर्ण मान्दै समलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजले हरेक बर्ष मे १७ मा समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा वेलायती दूतावासमा झण्डोत्तलन भयो भने राष्ट्रिय नाँचघर जमलमा समलिंगी तेश्रोलिंगी माथि हुँदै आएको विभेद र दुरव्यवहार अन्त्य गर्ने चेतनामुलक कार्यक्रम आयोजना भयो । कार्यक्रममा विश्व प्रशिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयमा परेका समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले समाज, परिवार र राज्यले सिर्जना गरेका पिंजडा र सिक्रिहरु तोडेर स्वतन्त्र हुन आव्हान गरे ।

कार्यक्रममा ???????????????????????????????अन्तरलिंगी बच्चा जन्माउने ललितपुर इमाडोलकी सरु विष्ट र अन्य उल्लेख गरेर नागरिकता लिने सरुकी अन्तरलिंगी छोरी कुसुम विष्टलाई सम्मान गरिएको थियो । महिला र पुरुष भन्दा फरक यौनिकता भएको बच्चा जन्मदा आफूले पाएको पीडा सरुले सुनाइरहँदा दर्शक दिर्घामा रहेका धेरैका आँखा रसाएका थिए । अन्तरलिंगी बच्चालाई जन्म दिने आमा सरु र अन्तरलिंगी छोरी कुसुमलाई सम्मान गर्दै पन्तले हिम्मत नहार्न आग्रह गरे । पन्तले कुसुम र करुणा दुवै अन्तरलिंगीले महिला र पुरुषले भन्दा धेरै राम्रो उदाहरणिय काम गरेर देखाउने विश्वास व्यक्त गरे । समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा देशभरका समलिंगी तेश्रोलिंगीले क्षेत्रगत नाँच प्रस्तुत गरेका थिए । नील हिरा समाजले सन् २००६ देखि समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेश्रोलिंगी माथि विभेद हुँदै आएको विभेद केही कम भएपनि अन्त्य भने नभएको बताइन । घर, परिवारबाटै भइरहेको विभेद अन्त्य गर्न नेपाल सरकारले ठोस नीति ल्याउनु पर्ने माग अध्यक्ष गुरुङको छ । उनले मानवअधिकार सम्वन्धी सचेतना कार्यक्रम ल्याउनु पनि सरकारसँग माग गरिन ।

समाजकी अध्यक्ष गुरुङले संविधान निर्माण र विकास निर्माणमा समलिंगी तेश्रोलिंगीलाई सहभागी गराउनु पर्ने बताइन । रोजगारीमा आरक्षणको व्यवस्था गर्नु गर्दै  सीपमुलक कार्यक्रम संचालन गरेर समलिंगी तेश्रोलिंगीलाई सक्षम बनाउनु पर्ने अध्यक्ष गुरुङको भनाई छ । अध्यक्ष गुरुङले समलिंगी तेश्रोलिंगीलाई आत्मनिर्भर र स्वाभलम्वी बनाउँदै भेदभाव रहित नेपाल निर्माण गर्न सरकारको अग्रसरता हुनुपर्ने बताइन ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगको अन्तराष्ट्रिय सन्धि अनुगमन महाशाखाका प्रमूख श्यामवावु काफ्ले, नर्वेजिय, वेलायती र युएसएड्सका प्रतिनिधिले समलिंगी तेश्रोलिंगी माथि हुने भेदभाव र लाञ्छना हटाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सुनिलवावु पन्तले दिनु भएको मन्तव्य :

Sunil Babuसमलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा म यहाँहरुलाई आव्हान गर्न चाहन्छु, समाजले सिर्जना गरेको परिवारले, राज्यले सिर्जना गरेका जुन पिंजडा र सिक्रिहरु छन् तिनलाई तोड्नुहोस, तोडेर फाल्नुहोस र स्वतन्त्र हुनुहोस । स्वतन्त्र हुने हिम्मत छ हामीहरुसँग । आजको यो दिवसलाई अर्को उपलक्ष्यमा पनि मनाउन म आव्हान गर्न चाहन्छु, आफ्नो आत्मालाई मारेर बाँच्नु भनेको मरे सरह हो । कति साथीहरुको बाध्यता छ वातावरण अप्ठ्यारो छ । त्यसकारण हामी लुकेर बाच्न बाध्य छौ । बाध्यताहरु छन् । तर हामीले हिम्मत गर्यो भने स्वतन्त्र भएर उठ्न सक्ने, घुम्न सक्ने, आफ्नो स्वतन्त्रता अनुसार बाच्न सक्नु हाम्रो आजको मौका पनि हो । त्यस कारण यो अन्तराष्ट्रिय दिवसको अवसरमा यहाँहरुले आफूलाई आफू के हो भनेर सही पहिचान सहित खुल्न सक्ने हिम्मत पनि आओस भनेर आव्हान गर्न चाहन्छु ।
अन्तराष्ट्रिय दिवस भनेर जुन आजको दिनलाई चिनिन्छ यसमा १९९० मे १७ का दिन विश्व स्वास्थ्य संगठनले समलिंगी हुनु कुनै मानसिक रोग होइन यो सामान्य मानसिक अवस्था हो । स्वस्थ मानसिक स्थितिनै हो तर फरक खालको यौनिकता हुँदैमा अपराधी पनि हुँदैन विरामी पनि हुँदैन भन्ने घोषणा गरेको दिन भएको हुनाले हामीले यसलाई खुशीका साथ उल्लासका साथ मनाइरहेका छौ । विश्व स्वास्थ्य संगठनले यो घोषणा गर्न किन आवश्यक परेको हो त ? समलिंगी तेश्रोलिंगी विरुद्ध घृणा गर्ने चलन त्यति धेरै लामो समय पनि भएको छैन । १८ औ शताव्दीमा जर्मनमा जव मोर्डन मेडिकल साइन्स आयो आधुनिक चिकित्सा सास्त्र आयो, त्यसले समलिंगी हुनुलाई रोगको रुपमा परिभाषित गर्यो । किनभने त्यतिवेलाको कट्टर पन्थी इसाई धर्मावलम्वीहरुको प्रभावद्धारा राज्यका कानुन समलिंगी हुनु पाप भनेर लेखियो । कुनै तथ्य र कुनै आधार विनानै चिकित्सा सास्त्रले यसलाई रोग भनेर परिभाषित गरिदियो । किनभने त्यो भन्दा अगाडि समलिंगी तेश्रोलिंगी हुनुलाई सामान्य रुपमा लिइन्थ्यो ।
हाम्रो वेद पुराणमा हेरौ तृतिय प्रकृतीको व्यक्ति भनेर लेखिएको छ । रामायणमा हेरौ किन्नर भनेर उल्लेख गरेको पाइन्छ । वेद पुराणमा व्रिहन्नला, सिखण्डीको उदाहरण छ । सुग्रिवसँग रामले मित्र दर्ता गराएको मित्रताको परिभाषा गरेको र त्यो मित्रताको सम्वन्धलाई सामाजिक धार्मिक रुपमा पनि मान्यता दिने प्रचलन रहँदै आएको छ । महाभारत कालमा किन्नर भन्ने राज्यको ऐतिहासिक दस्तावेज पाउँछौ । जसको नेपाल, भुटान, तिव्वतसम्म हिमाली भेगमा फैलिएको पाइन्छ त्यो किन्नर राज्य । त्यो किन्नर भन्ने राज्य अहिले पनि छ । त्यो किन्नर भन्ने राज्यको राजधानी अहिले पनि भारतमा छ । र त्यहाँ कस्तो थियो भने लिंगको आधारमा विभेद हुँदैनथ्यो छोरा जन्मिएकाहरु म्हिला जस्तै हुर्किए भने उहाँहरुले त्यही अनुसारको भेषभुषा गर्न पाउने र छोरी जन्मिएकाहरुले पुरुषको प्रकृतिमा हुर्किए भने त्यसलाई सामान्य प्राकृतिक रुपमा लिइन्थ्यो । त्यस्ता खालका चाडपर्व पनि प्रचलनमा थिए । त्यसका अव अहिले किन्नर राज्य कौरव पाण्डवको लडाईमा हारिएर गयो तर त्यसका अवषेशहरु अहिले पनि पाउँछौ झाक्रि विद्याको कथा अहिले पनि पाउँछौ । झाक्रिहरुले लगाउने भेषभुषाहरु, मालाहरु, गहनाहरु, जामाहरु थियो किन्नर राज्यको परिभाषा । देउडा नाँच किन्नर राज्यकै अवशेषका रुपमा पाउँछौ जहाँ पुरुषले हल्का महिलाको भेषमा आउने गरेको पाउँछौ । गाइजात्राको परम्परा त्यही वेलाको अहिले पनि छ । मारुनी नाँच कौडा नाँच त्यो पनि त्यही खालका अवशेषहरु हुन् । र तृतिय प्रकृतीको व्यक्तिलाई हिजोआज किन्नर भनेर त्यहीबाट आएको पनि हामी पाउँछौ ।
यसकारण यो सदियौदेखि आइरहेको कुरालाई जर्मनीबाट मेडिकलाईज गरियो यसलाई चिकित्सासास्त्रले अपराध भन्यो । विरामी भनेर भन्यो । र त्यहीसँगसँगै विश्वमा युरोपेली मेसिनरी, साम्रज्यबाद फैलदै जाँदा समलिंगी तेश्रोलिंगीलाई गैर कानुनी बनाउने कानुनहरु पनि लेखिदै आयो । १८ औ शताव्दीमा व्रिटेनले भारतमाथि कव्जा गर्यो र १८ औ शताव्दीको अन्त्य तिर उनीहरुले भारतमा पहिलो कानुन ल्याए । इष्ट इन्डिया कम्पनीले कानुन लिएर आयो र त्यो कानुनमा उनीहरुले पहिलो पटक खुल्ला स्वतन्त्र र रचनात्मक रुपमा बाचिरहेका समलिंगी तेश्रोलिंगीलाई अपराधी भनेर माने र अपराधीको घोषणा कानुनद्धारा लेखिएपछि समलिंगी तेश्रोलिंगीलाई अपराधी मान्ने पहिलो देश भारत भयो ।
यसमा उनीहरु सफल भए । भारतमा समलिंगी तेश्रोलिंगीले जुन स्वतन्त्रता पाइरहेका थिए त्यो खोस्नका लागि र त्यही कुरा उनीहरुले व्रिटेनमा लागू गरे, त्यो कानुन । विस्तारै अरु देशले पनि यो कानुन लागू गर्दै जाँदा विश्वभर समलिंगी तेश्रोलिंगी विरुद्धको कानुन लेखिदै गयो । अव हामीले हाम्रा पूर्वजहरुलाई सम्मान दिनै पर्छ । हाम्रा वीर पूर्वजहरुलाई किनभने व्रिटिसहरुसँग लडाई गरेर व्रिटिसहरुलाई नेपालमा छिर्न दिएनन् । त्यसकारण भारतमा भएजस्तो कानुन नेपालमा कहिले पनि आएन । हामी सम्पूर्ण समलिंगी तेश्रोलिंगी पनि आभार छौ । हाम्रा योद्धाहरु हाम्रा पृथ्वीनारायण शाह, अमर सिंह, भिमसेन थापा लगायतलाई जसले नेपालको स्वतन्त्रताको रक्षा गरे र समलिंगी तेश्रोलिंगीको स्वतन्त्रता जुन छिनिने वाला थियो त्यो छिन्न दिएनन ।
समलिंगी तेश्रोलिंगीको स्वतन्त्रतालाई मजवुत बनाउनका लागि ढगमगाएनन् । त्यसकारण हाम्रा वीर योद्धाहरु प्रति आज हामी सम्मान पनि व्यक्त गर्न चाहन्छौ । व्रिटिसहरु आएको भए त्यो सेक्सन ३७७ भनेर जुन अपराधीकरण गरिन्थ्यो, अप्राकृतिक यौन सम्वन्ध भनेर त्यो नेपालमा कहिले आएन । नील हिरा समाजले समलिंगी तेश्रोलिंगी माथि अझै विभेद कायम रह्यो भनेर सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो । समलिंगी तेश्रोलिंगी माथि हुने विभेदका कानुन नभएपनि प्रभावहरु आए भारतबाट पश्चिमा राष्ट्रबाट र समलिंगी तेश्रोलिंगीमाथि घृणा नेपालमा पनि बढ्दै गए । स्कूलमा भर्ना नलिने लगायतका थुप्रै विभेद घरबाट निकाल्ने, जागिर नदिने विभेदहरु कानुनमा नहँुदा नहुँदै पनि नेपालका समलिंगी तेश्रोलिंगीले भोग्नु पर्यो । यस्ता विभेद अन्त्य हुनुपर्छ भनेर नील हिरा समाजले मुद्धा हाल्यो र हामीले जित्यौ २०६४ पुष ६ गते ।
सर्वोच्च अदालतले आधिकारिक रुपमै महिला पुरुष मात्रै होइनन तेश्रोलिंगी पनि हुन्छन भनेर फैसला सुनायो र नेपाल विश्वमा पहिलो राष्ट्र बन्यो लिंग दुईटा भन्दा बढी तीन वटा छन् भन्ने कुरालाई आधिकारिता प्रदान गर्ने । यही फैसलालाई लिएर त्यसको लगत्तै २००९ मा पाकिस्तान जस्तो एकदमै कट्टरपन्थी स्लामिक देशले पनि तेश्रोलिंगी छन भनेर अधिकार दिन त्यहाँको सर्वोच्च अदालतले निर्णय गर्यो । आज भन्दा एक बर्ष अगाडि सन् २०१३ मा वंगलादेशले निर्णय गर्यो । त्यसको लगत्तै भरखरै दुई महिना अगाडि मात्रै भारतको सर्वोच्च अदालतले तेश्रोलिंगीहरुलाई नागरिकता दिन, पासपोर्ट दिन, आरक्षण दिन लगायतका विकासका कार्यक्रममा समेट्नु भनेर निर्देशनात्मक आदेश जारी गरेको छ । आदेशपछि भारत सरकारले केही कदमहरुपनि शुरु गरिसकेको छ ।
तर हालसालै कौन बनेगा करोडपतिका प्रस्तोता बलिउडका अभिनेता अमिताव बच्चनले कार्यक्रममा भाग लिन खुलाएको आवेदनमा महिला र पुरुष भनेर मात्रै खुलाएका छन् । तेश्रोलिंगीले भाग लिन पाउने सम्भावना बनाएको छैन । त्यसको विरोध गर्दै महिले खुल्ला पत्र आव्हान गरेको छु । अमिताव बच्चनले त्यहाँका तेश्रोलिंगीलाई अवसर दिनबाट वञ्चित गराउन भएन यस्तो विभेद गर्नु हुँदैन भनेर माग राख्दै र यो त्यहाँको सर्वोच्च अदालतको आदेशको विरुद्ध हो यसमा तपाईहरुले विचार गर्नु पर्यो । कौन बनेगा करोडपछि जस्तो कार्यक्रममा बरु शिक्षात्मक हुने प्रश्नहरु सोधेर यसलाई राम्रो गर्नुहोस भन्ने खालका मागहरु सहित महिले खुल्ला पत्र राखेको छु । आशा गरौ अमिताव बच्चनले यो विषयलाई राम्रोसँग सम्वोधन गर्नेछन होइन भने यो अदालतको अवहेलना हुन सक्छ ।
समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीमा नेपाल धेरै कुराहरुमा अगाडि छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमन फारम भर्दा लिंग छुट्टयाउनु पर्छ त्यहा महिला पुरुष अन्य भनेर राख्ने गरेको रहेछ मलाई खुशी लाग्यो । मेरो पासपोर्ट अहिलेसम्म पुरुषकै हुँदा हुँदै पनि महिले अन्य भनेर चिन्ह लगाए । अध्यागनका अधिकृतले प्रश्न गरे उत्तर दिउँला भन्ने लागेको थियो, तर उहाँले मलाई चिन्नु भयो, केही आपत्ती गर्नु भएन । म सहज रुपमा आउन सके । अध्यागमनमा पनि आफ्नो पहिचान सहित खुलेर जान आउन सक्ने व्यवस्था राज्यले गरेकोमा खुशी लाग्छ । तर पनि कागजमा मात्रै पहिचान र अरु कुराहरु भएर हुँदैन । सबै भन्दा ठूलो कुरा अहिले पनि समलिंगी तेश्रोलिंगीलाई शिक्षा, रोजगारी, बासको व्यवस्थाको अभाव छ । भाडामा बस्छु भन्दा घर पाइदैन । यसमा राज्यले विकासको क्रममा योजनाहरु बनाउँदा तेश्रोलिंगीलाई खास समेट्नु पर्छ भन्ने हाम्रो जोडदार माग रहँदै आएको छ ।
अहिलेको संविधानसभामा खुलीसकेका समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भएको छैन । पहिलो संविधानसभामा म थिए । धेरै कुराहरु उठाउन सहज पनि भएको थियो । यसपालि पनि अझै पनि होस भन्ने सम्भावना छ । २६ जना मनोनित गर्न बाँकी छ । त्यसमा हाम्रो समूदायको कोही न कोही मनोनित गरोस भन्ने हामी सबैको माग छ । सरकारले हाम्रो माग सुनोस भन्न चाहन्छौ ।
वितेको एक दुई बर्ष नवुझेका कारणले केही चुनौतीको सामना गर्नु पर्यो । सफलताका साथ अगाडि बढिरहेको एउटा अभियानलाई थोरै पछाडि धकेल्ने कामहरु पनि भएको छ । तर समलिंगी तेश्रोलिंगी साथीहरुले बुझ्नु पर्ने आवश्यकता के छ भनेदेखि म तपाईहरुलाई उदाहरणद्धारा प्रष्टयाउन चाहन्छु । उदाहरणका लागि कति समय खर्च गरेर विद्यालय बनाउँछौ ताकी त्यहाँका समाजका सबै आएर पढ्न पाउन भनेर । बर्षौ लाग्छ, धेरै खर्च लाग्छ धेरैको मेहनत लाग्छ । तर कसैलाई धेरै रिस उठ्स विद्यालय स्थापना भएकोमा । ज्ञान पाइरहेको, पढेर ज्ञानको ज्योती लिइरहेको कसैलाई रिस उठ्छ । किनभने उसको निहित स्वार्थ त्यहाँबाट पूर्ति भएको छैन भने उसले कहीबाट लिएर आएर बम पड्काइदिन्छ । एक छिनमा ध्वस्त गर्न सक्छ त्यसलाई । त्यो सफल हुन पनि सक्छ । के त्यस्तो खालको सफलतालाई हामीले सफलता मान्ने हो त ?
बम पड्काउनेलाई भोली हामीले जिम्मेवारी दियौ भने फेरी विद्यालय बनाउन सक्ने सिर्जना गर्न सक्ने क्षमता छ त उ सँग ? छैन नि । हो त्यस्ता खालका चुनौतीहरु छन् । त्यसकारण हामी कोसँग उभिने हो ? सफल त बम पड्काउने पनि भयो । विद्यालय बनाउने पनि भयो । सफलताको मापदण्ड त्यसरी हुनुहुँदैन । अर्कालाई घुडा टेकाउन सजिलो पनि होला तर उभिन सक्ने, लडेर पनि उभिन सक्ने चाही ठूलो हो महान हो भन्ने लाग्छ । ज्ञान र सिर्जनाको बाटोतिर जाने कि ध्वासात्मक बाटो तिर जाने भन्ने पनि लाग्छ । नेपालले यो पीडा भोगिसकेको छ । १२ बर्षको जनयुद्ध कालमा धेरै ध्वंस भए । तर अहिले त्यो लडाई गर्नेहरुलाई सिर्जना गर्न कति गारो भएको छ । एउटा पुल बनाउन, एउटा शौचालय बनाउन कति गारो हुदो रहेछ भन्ने एकदमै रियलाइज भएको छ ।
त्यसकारण हाम्रा समूदायका साथीहरुले यो बनिरहेको अभियान छ समलिंगी तेश्रोलिंगीहरुको यसलाई टुटाउनलाई सजिलो छ होला । तर सिर्जना गर्न कति मेहनत, कति लगानी कति श्रम, कति चुनौती गर्नु पर्यो भन्ने कुरालाई रियलाइज गर्नुहोस । अव महिले नील हिरा समाज छोडेर औपचारिक रुपमा प्रत्यक्ष रुपमा दिनानु दिन छोडेको अवस्था छ । त्यै पनि मेरो सहयोग त जारी छ । तर अव आउने नयाँ पुस्ताले बुझ्नु पर्ने के हो भने अव यसलाई ध्वंसात्मक रुपमा डिस्ट्रय गर्ने गरेर यसलाई नास गर्ने तिर अगाडि बढ्नु हुन्छ कि ? यसमा मलजल थपेर सिर्जनाको अरु चुलीहरु बढाउँदै जाने, अरु थुप्रै निर्माणहरु गर्दै जाने के गर्ने ? यो जिम्मेवारी म तपाईहरुलाई हस्ताण्तरण गर्न चाहन्छु । समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियानमा साथ दिने सबै समलिंगी तेश्रोलिंगी समूदाय, प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद । अन्त्यमा समलिंगी तेश्रोलिंगीको घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको शुभकामना ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading