कौन बनेगा करोडपतिमा समलिंगी तेस्रोलिंगी सहभागि हुन पाउने

कौन बनेगा करोडपतिमा समलिंगी तेस्रोलिंगी सहभागि हुन पाउने

  • सोमबार, जेष्ठ ५ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09707139704require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09847205248include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) जेठ ५ -भारतका चर्चित कलाकार अमिताभ बच्चनले संचालन गर्ने कौन बनेका करोडपति कार्यक्रम समावेशी हुने भएको छ । भारतीय सोनी टिभी च्यानल केबीसीले महिला, पुरुषसँगै समलिंगी तेस्रोलिंगीलाई पनि कौन बनेगा करोडपति कार्यक्रम समावेश गर्ने प्रतिवद्धता जनाएसँगै कार्यक्रम समावेशी हुने भएको हो । केबीसीले पत्र लखेर कौन बनेगा करोडपति कार्यक्रममा कुनै पनि लिंगलाई अलग नगर्ने प्रतिवद्धता जनाएको छ ।
भारतीय सर्वोच्च अदालतको फैसला अघिनै तयार भएको यो सिजनको पहिलो कार्यक्रममा समलिंगी तेस्रोलिंगीलाई समावेश गर्न नसकिएपनि अवको दोश्रो कार्यक्रममा महिला, पुरुषसँगै समलिंगी तेस्रोलिंगीलाई पनि समावेश गर्ने केबीसीले बताएको छ । सोनी टेलिभिजनबाट आउने कार्यक्रमको आठौ संस्करणमा सहभागिताका लागि खोलिएको आवेदनमा महिला र पुरुष मात्र उल्लेख भएको भन्दै समलिंगी तेस्रोलिंगीलाई पनि समावेश गराउन समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले खुल्ला पत्र लेखेर माग गरेका थिए ।
विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा समेत परेका अधिकार प्राप्तीका अभियन्ता एवं पूवं सभासद् सुनिलवावु पन्तले कौन बनेगा करोडपतिको यो घोषणाले भारत मात्रै नभएर दक्षिण एसिया सहित विश्वभरका सबै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगी खुशी हुने प्रतिक्रिया दिएका छन् । पन्तले समलिंगी तेस्रोलिंगीलाई सहभागी गराउने अमिताभ बच्चन र कौन बनेगा कार्यक्रम केबीसीको समूहलाई बधाई एवं धन्यवाद दिएका छन् ।
भारतको सर्वोच्च अदालतले गएको अप्रिल १५ तारिखमा समलिंगी तेस्रोलिंगी समूदायलाई अरु नागरिक सरह अधिकार दिनुपर्ने फैसला गरिसकेको अवस्थामा चर्चित टेलिभिजन कार्यक्रममा पनि यसको कार्यान्वयन हुनुपर्ने माग पन्तले गरेका थिए । पन्तले अमिताभ बच्चन र कौन बनेगा करोडपति जस्तो प्रख्यात कार्यक्रममा समलिंगी तेस्रोलिंगीलाई समावेश गरेर दक्षिण एसिया र विश्वमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायकाबारेमा रहेका भ्रामक कथन तथा पूर्वाग्रहबारे जनचेतना जगाउन भूमिका खेल्न आग्रह समेत गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading