केन्द्रले रकम निकासा नगर्दा ३ सय ५० जना समलिंगी तेस्रोलिंगी तलव विहिन

केन्द्रले रकम निकासा नगर्दा ३ सय ५० जना समलिंगी तेस्रोलिंगी तलव विहिन

ललितपुर (पहिचान) असोज ८ – समलिंगी तेस्रोलिंगीले आफूहरुको बारेमा सबै ठाउँमा जनचेतना पुग्न नसकेको बताएका छन् । ललितपुरमा रहेको परिचय समाजको आठौ बार्षिक साधारण सभामा सहभागी समलिंगी तेस्रोलिंगीले सबैमा जनचेतना नपुगेकै कारण आफूहरुको अधिकार सुनिश्चित नभएको बताए । परिचय समाजका अध्यक्ष उमेश पाण्डेले तेस्रोलिंगीलाई कोठा भाडामा नदिने र दिएपनि दोव्वर भाडा लिने गरेको पाइएको बताए ।
हामी पनि मानव हौ, महिला र पुरुष जस्तै हो पाण्डेले भने, किन समलिंगी तेस्रोलिंगीलाई समान रुपमा हेरिदैन ? साधारणसभामा परिचय समाजका कार्यक्रम अधिकृत मनोरञ्जनकुमार बैद्यले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले काम गरेको रकम निकासा नगर्दा आफूहरु दुई महिना देखि तलव विहिन भएको बताए । काम गरिरहेका छौ बैद्यले भने, केन्द्रले रकम निकासा नगर्दा यो बर्षको दशै खल्लो हुने भयो । केन्द्रले कार्यक्रमको सम्झौता नगर्दा परिचय समाज सहित देशभरका ३ सय ५० जना समलिंगी तेस्रोलिंगी दुई महिना देखि तलव विहिन भएका छन् । ???????????????????????????????
अध्यक्ष पाण्डे र कार्यक्रम अधिकृत बैद्यले कार्यक्रमको सम्झौता गरेर रकम निकासा नगरे चुप लागेर बस्न नहुने बताए । अघिल्लो बर्ष त सुनिलवावु पन्त अनसन बसेपछि रकम निकासा भएको थियो, यो बर्ष पनि समयमै ध्यान दिन नील हिरा समाजको नयाँ नेतृत्वलाई भनेको हो नि ? भन्ने पत्रकारको प्रश्नमा परिचय समाजका अध्यक्ष पाण्डेले भने, पहिले त ताप्के तात्नु पर्र्यो, अनि बिड् तात्छ, सुनिलवावु पन्तको ठाउँ ओगटेर आउनेले सोच्नु पर्ने हो । ???????????????????????????????
उनले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्र र नील हिरा समाजबीच  तत्काल सम्झौता गरेर पैसा निकासा गर्ने काममा लाग्न नयाँ नेतृत्वलाई सुझाव दिए । यो बर्षको दशै रोएर मनाउनु पर्ने भयो, समलिंगी तेस्रोलिंगीले भने घर जाउँ पैसा छैन, घरभाडा नतिर्दा घरधनीले निकाल्छ, दशै दशा भयो । साउन र भदौ महिनाको तलव नपाउँदा यो अवस्था आएको बताउँदै समलिंगी तेस्रोलिंगीले केन्द्रमा धर्नामा बस्न जाने चेतनावी दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.