समलिंगी तेस्रोलिंगीले अन्य उल्लेख गरेर टेलिफोन लाइन जडान गर्न पाउने

समलिंगी तेस्रोलिंगीले अन्य उल्लेख गरेर टेलिफोन लाइन जडान गर्न पाउने

काठमाडौं (पहिचान) असोज २७ -नेपाल टेलिकमले समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसार अन्य उल्लेख गरेर टेलिफोन लाइन जडान गर्न सकिने व्यवस्था गरेको छ । सर्वोच्च अदालतको आदेश पछि सरकारले अन्य उल्लेख गरेर नागरिकता दिन थालिसकेकाले टेलिकमले पनि अन्य उल्लेख गरेर टेलिफोन लाइन जडान गर्न सकिने व्यवस्था गरेको हो । नेपाल टेलिकमका सह प्रवक्ता राजेश जोशीले महिला पुरुष सरह समलिंगी तेस्रोलिंगी पनि आफ्नो पहिचान अनुसार टेलिकमको ग्राहक बन्न सक्ने व्यवस्था गरेको जानकारी दिए । 

समलिंगी तेस्रोलिंगीलाई कुनै सहुलियत र छुटको व्यवस्था गरेका होइनौ जोशीले पहिचान अनलाइनसँग भने, समलिंगी तेस्रोलिंगीलाई महिला पुरुष सरह आफ्नै पहिचान उल्लेख गरेर ग्राहक बन्न पाउने व्यवस्था गरेका हौ । तर मोवाइल, इन्टरनेट लगायतको दुरसंचार सेवा लिनका लागि भने अन्य उल्लेख गरिएको फारम छैन ।

नेपाल टेलिकम समक्ष समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले समलिंगी तेस्रोलिंगीलाई उनीहरुकै पहिचान अनुसार अन्य उल्लेख गरेर टेलिफोन सेवा लिन सकिने व्यवस्था गर्न माग गर्दै आएको छ । अन्य उल्लेख गरेर टेलिफोन लाइन जडान गर्न सकिने व्यवस्था समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियानको अर्को सफलता भएको समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन । अध्यक्ष गुरुङले यो व्यवस्था मोवाइल, इन्टरनेट लगायतका सेवामा पनि लागू गर्न टेलिकम समक्ष माग गरिन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.