समलिंगी तेस्रोलिंगीका अधिकार संविधान निर्माणमा लिविबद्ध गरिने छ,–सभासद् कुमार खड्का

समलिंगी तेस्रोलिंगीका अधिकार संविधान निर्माणमा लिविबद्ध गरिने छ,–सभासद् कुमार खड्का

978
SHARES

काठमाडौं (पहिचान) असोज ३० – अखण्ड नेपाल राष्ट्रिय पार्टीका अध्यक्ष तथा सभासद् कुमार खड्काले समलिंगी तेस्रोलिंगीका धेरै अधिकार सुनिश्चित भइसकेको भन्दै अव संविधान निर्माणमा त्यसलाई लिविबद्ध गरिने बताएका छन् । समलिंगी तेस्रोलिंगीले अन्य उल्लेख गरेर नागरिकता पाउन थालेको, पहिचान अनुसार पासपोर्ट पाउने व्यवस्था भएको तथा सरकारले स्थानीय निकायको बजेटमा यो समुदायलाई संवोधन गर्न थालेको भन्दै खड्काले सबैभन्दा महत्वपूर्ण कुरा समाजले यो समुदायलाई मान्यता दिन थालेको बताए ।

अझै पनि यो समुदायप्रति केही नकारात्मक धारणा बाँकी रहेको भन्दै त्यो समयले चिर्दै जाने विषय भएको उनको तर्क थियो ।  ‘कुनैपनि परिवर्तनका लागि समय लाग्छ, किन भने एकैचोटी भएको परिवर्तन स्थायी पनि हुँदैन’ सभासद् खड्काले पहिचान अनलाईनसँग भने, ‘समलिंगी तेस्रोलिंगीका मुद्धापनि स्टेप वाई स्टेप संवोधन हुँदै जाने छन् ।’ पश्चिमा उद्धार समुदायमा जत्तिकै हाम्रो समाजमा पनि समलिंगी तेस्रोलिंगीका मुद्धा संबोधन हुनु यो समुदायका लागि सुःखद पक्ष भएको उनको भनाई छ ।

हाम्रो समाज परंपरा वादी भएको र अघिल्ला पुस्ताले सुन्न पनि नचाहने यो समुदायका विषय अहिलेको पुस्ताले संवोधन गर्न थालेको भन्दै अर्को पुस्तासम्म पुग्दा समाजमा विभेद नै बाँकी नरहने सभासद् खड्काको दावी छ । खड्काले यसो भनिरहँदा सरकारले भने समलिंगी तेस्रोलिंगीको अस्तित्व मेटाउने व्यवस्था सहितको देवानी संहिता संसद सचिवालयमा दर्ता गरेको छ ।

समाचार शेयर गर्नुहोस्
978
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.