कार्यालय व्यवस्थापन तालिम  लिदै समलिंगी तेस्रोलिंगी

कार्यालय व्यवस्थापन तालिम  लिदै समलिंगी तेस्रोलिंगी

कास्की (पहिचान) कार्तिक ३० -यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले कार्यालय व्यवस्थापन तालिम लिएका छन् । कास्कीको पोखरामा तीन दिनसम्म ४६ जना समलिंगी तेस्रोलिंगीले कार्यालय व्यवस्थापन तालिम लिएका हुन् । अधिकार प्राप्तीको अभियान चलाउँदै आएको नील हिरा समाजले कार्यालय व्यवस्थापन तालिम संचालन गरेको हो । तालिममा प्रशिक्षक डम्वर लोदोरुङले कार्यालय व्यवस्थापनमा आउने कठिनाई अन्त्य गर्न सबै एकजुट हुनुपर्ने वताए ।
कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाए जस्तै अवस्था कार्यालयमा आउनु कुशल व्यवस्थापन नहुने लोदोरुङले वताए । संयोजन राम्रो गर्नुपर्ने प्रशिक्षक लोदोरुङको भनाई छ । संस्था साख जोगाई राख्न शुरुवात देखिनै ख्याल गरिरहनु पर्ने उनले वताए । एकल निर्णय लाद्ने परिपाटीले द्धन्द्ध बढ्ने भन्दै प्रशिक्षक लोदोरुङले निर्णय प्रक्रियामा धेरैको सहभागिता हुनु पर्ने वताए । IMG_20141114_144415036
सहभागिताको अर्थ सधै एउटै भने नहुने उनको भनाई छ । आफूलाई लागेको कुरा आफू भित्रै राख्नु भन्दा सामूहिक छलफलमा ल्याउनु पर्ने उनको तर्क छ । रिसको आवेगमा आएर कुनै पनि निर्णय नगर्न लोदोरुङले सुझाव दिए । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगी तालिम पछि कुसल व्यवस्थापक बन्ने विश्वास व्यक्त गरिन् ।
समाजकी कायममुकायम निर्देशक मनिषा ढकालले तीन दिने तालिम आफ्नो समूदायका लागि फलदायी भएको वताइन । आफूले सिकेका कुरा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने ढकालको भनाई छ ।
समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेमवहादुर थापाले तालिममा सिकेको ज्ञान समलिंगी तेस्रोलिंगीले व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । तालिमको दोश्रो दिन कार्यालय व्यवस्थापन र मिडिया बिषयमा अनुभव आदान प्रदान भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.