समाज र समाजका संस्थापक पन्त माथि गलत आरोप लगाउनेहरुलाई कारवाही गर्न माग

समाज र समाजका संस्थापक पन्त माथि गलत आरोप लगाउनेहरुलाई कारवाही गर्न माग

काठमाडौं (पहिचान) मंसिर २९ -नील हिरा समाज र समाजका संस्थापक माथि लागेको आरोप झुटो सावित भएको प्रतिवेदनको समलिंगी तेस्रोलिंगीले स्वागत गरेका छन् । समाजकी अध्यक्ष संजिव गुरुङ पिंकी र कायममुकायम निर्देशक मनिषा ढकालले संयुक्त विज्ञप्ती निकालेर समाज कल्याण परिषद्ले छानविन गरेर सार्वजनिक गरेको प्रतिवेदनको स्वागत गरेका हुन् । समाज र समाजका संस्थापक सुनिलवावु पन्त माथि लागेको आरोप झुटो सावित हुनु संस्था, समूदाय र शुभेच्छुकका लागि हर्षको बिषय भएको गुरुङ र ढकालले निकालेको विज्ञप्तीमा लेखिएको छ ।

समाजमा भ्रष्टाचार एवं आर्थिक अनियमितता भएको लगायतका आरोप माथि छानविन गरेको समाज कल्याण परिषद्ले पूर्वाग्रह राखेर सूचना संप्रेषण गरिएको प्रतिवेदन बुझाउनु नखाएको बिष लाग्दैन भन्ने कुरा प्रमाणित हुनु हो विज्ञप्तीमा लेखिएको छ, परिषद्ले गठन गरेको छानविन टोलीका प्रमूख शिवकुमार बस्नेत र सदस्य श्याम तामाङले परिषद्मा बुझाएको प्रतिवेदनमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको पहिचान तथा ती समूदायको हितका लागि नील हिरा समाजले गरेको काम सह्रायिन रहेको उल्लेख हुनुले हामीलाई अधिकार प्राप्तीको अभियानमा लाग्न थप उर्जा मिलेको छ ।

संस्थाको कार्य विस्तार र कार्यक्रमको व्यापकतामा समाज कल्याण परिषद र अन्य निकायमा यही कारणले अवरुद्ध हुन गएको भएमा फुकुवा हुनु पर्ने समाज कल्याण परिषद्को प्रतिवेदनले पनि अधिकार प्राप्तीको अभियानमा लाग्न थप उर्जा मिलेको विज्ञप्तीमा लेखिएको छ । नील हिरा समाज र समाजका संस्थापक पन्त माथि पूर्वाग्रह राखेर निहित स्वार्थ बोकेका व्यक्तिले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायको अधिकार प्राप्तीको अभियान धरापमा पार्न खोजेको भन्दै देशभरका समलिंगी तेस्रोलिंगी चिन्तित थिए ।

समस्त समलिंगी तेस्रोलिंगीको एक मात्र मातृ संस्थालाई निमिट्यान्न पार्ने नियतले केही निजी स्वार्थ बोकेका व्यक्तिहरुको उक्साहटमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालिन प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माले लामो समय संस्थाको नविकरण रोकिदिदाँ देशभरका ७ सय ५० जना समलिंगी तेस्रोलिंगी कर्मचारी तलव विहिन तथा एचआइभी संक्रमित लगायत अन्य सेवाग्राही समेत सेवा पाउन बञ्चित भएका विज्ञप्तीमा उल्लेख गरिएको छ । समाज कल्याण परिषद्को प्रतिवेदनको स्वागत गर्दै नील हिरा समाज र समाजका संस्थापक पन्त माथि गलत आरोप लगाउनेहरुलाई कारवाहीको दायरामा ल्याउन अध्यक्ष गुरुङ र कायम मुकायम निर्देशक ढकालले माग गरेका छन् ।

सधै एकवद्धता जनाउने र अधिकार प्राप्तीको अभियानमा साथ दिने सम्पूर्ण पत्रकार, अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल तथा सम्पूर्ण सरोकारवाला र अप्ठ्यारो परिस्थितिमा समेत धैर्य धारण गरी अधिकार प्राप्तीको अभियानमा एक जुट हुने सम्पूर्ण समलिंगी तेस्रोलिंगी समूदायका साथीहरुलाई धन्यवाद अध्यक्ष गुरुङ र कायम मुकायम निर्देशक ढकालले धन्यवाद दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.