समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियान शसक्त बनाउने प्रतिवद्धता

समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियान शसक्त बनाउने प्रतिवद्धता

गौरी नेपाली /काठमाडौं (पहिचान) पुष १- यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालको सातौ साधारणसभाले समूदायको अधिकार प्राप्तिको अभियानलाई थप शसक्त बनाउने प्रतिवद्धता जनाएको छ । काठमाडौंमा भएको साधारणसभामा सहभागी समलिंगी तेस्रोलिंगीले अधिकार प्राप्तीको अभियान थप शसक्त बनाउनुको विकल्प नभएको वताए । महासंघकी अध्यक्ष मनिषा ढकालले आफूमा भएको क्षमता स्थानीय निकायमा देखाउन आग्रह गरिन् । 

एउटै संस्थामा भर परेर हुँदैन, ढकालले भनिन्, जिल्ला विकास समिति लगायतका स्थानीय निकायमा आफ्नो समूदायका लागि बजेट विनियोजन गर्न आग्रह गर्नुपर्छ । ढकालले रणनीतिक योजनाका साथ काम गर्नुपर्ने वताउदै आफूहरु प्राविधिक सहयोग गर्न सधै तयार रहेको बताइन । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले घर, परिवार र राज्यबाट सधै विभेदमा पर्न नहुँने भन्दै अधिकार प्राप्तीको अभियान उचाईमा पुर्याउनु पर्ने बताइन ।

महासंघका निवर्तमान उपाध्यक्ष संजय शर्माले महासंघको सहयोग स्वरुप सदस्य संस्थाहरुमा सहभागितात्मक विकास हुनु र आत्मनिर्भर हुदै जानु महासंघको महत्वपुर्ण उपलब्धि भएको बताए । शर्माले आगामी दिनमा चेलिबेटी बेचविखनको उच्च समस्या रहेको सिराह, सप्तरी र यौन व्यवसायको केन्द्रका रुपमा रहेको चितवनमा पनि लैगिंक हिंसा सम्बन्धि कार्यक्रम विस्तार गर्न साथ साथ परियोजना र महासंघको व्यवस्थापन समितीलाई आग्रह गरे ।
IMG_20141215_125152337

महासंघको सातौ साधारणसभामा महासंघका महासचिव मनोरञ्जन कुमार बैद्यले महासंघले समावेशी ढंगले सदस्य संस्थाहरु बनाउन सक्नु महासंघको सफलता भएको बताए । महासंघले हाल गरिरहेको कार्यक्रममा साथ साथ परियोजना अन्तर्गत थपिएको लैंगिक हिंसा सम्बन्धि कार्यक्रमलाई सफल बनाउन उहाँले सबैलाई जुटेर अगाडी बढ्न आग्रह गरे । महासंघका राष्ट्रिय कार्यक्रम संयोजक बासु गुरागाईले अक्टोबरदेखि थप भएको लैंगिक हिंसा सम्बन्धि कार्यक्रमबारे जानकारी दिदै यौन व्यवसाय गर्ने तस्रोलिंगी महिला १३ प्रतिशत बढी एच.आई.भीको जोखिममा रहने गरेको वताए । गुरागाईले यो समुहमा हुने हिंसा र एच.आई.भी.को जोखिम कम गर्नका लागि लैंगिक हिंसाको यो कार्यक्रम आफ्ना ६ वटा सदस्य सस्था मार्फत् गर्न लागिएको जानकारी गराए ।

कार्यक्रममा महासंघको हाम्रो सवाल हाम्रो सहभागिता परियोजना अधिकृत सिमरन सेरचनले वार्षिक प्रगति विवरण र महासंघका वित्त तथा प्रशासक कैलाश अधिकारीले वार्षिक आय व्यय विवरण प्रस्तुत गरे । कार्यक्रममा साथ साथ परियोजनाकी प्रतिनिधि किमत अधिकारीले महासंघसग सन् २०११ देखि नै कार्य गर्दै आएकोमा महासंघसगँको सहकार्य चित्त बुझ्दो रहेको र आगामी दिनमा पनि साथ साथले सकारात्मक सहयोग गर्दै जाने बताइन । अधिकारीले साथ साथले महिला यौनकर्मीको समुहलाई लक्षित गरेर सुरु गरिएको लैंगिक हिंसा सम्बन्धि कार्यक्रममा तेस्रोलिंगी महिला यौनकर्मीलाई पनि लक्षित समुहको रुपमा समावेश गराउन पाउदा खुशी लागेको वताइन ।
महासंघको उपाध्यक्षमा लामा raju pic
महासंघको सातौ सधारणसभाले नयाँ उपाध्यक्षमा धनगढीका राजु लामालाई मनोनित गरेको छ । महासंघका निवर्तमान उपाध्यक्ष संजय शर्मा आफ्नो कार्यकालको छ महिना अगाडी नै पदबाट हटेपछि साधारणसभाले लामालाई उपाध्यक्षमा मनोनयन गरेको हो । यसअघि सुदुरपश्चिम समाज धनगढीबाट प्रतिनिधित्व गर्दै लामा महासंघको कार्यकारी सदस्य थिए ।

यसैगरी साधारण सभाले कार्यसमितीको नयाँ सदयस्यको रुपमा जीवन ज्योती समाज लाहान सिराहका लक्ष्मेश्वर प्रसाद यादवलाई निर्वाचित गरेको छ । महासंघको नयाँ सदस्यका लागि सप्तरंगी नेपाल रौतहटकी जीना मगर र परिवर्तनशील समाज विराटनगरकी दिलाशा चौधरी निर्वाचन प्रतिस्पर्धामा रहेका थिए । महासंघमा हाल यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्दै आएका विभिन्न ४० समुदायमा आधारित सदस्य संस्थाहरु र १३ वटा दर्ता प्रकृयामा रहेका संस्थाहरु आबद्ध छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading