लडाकुको रुपमा प्रस्तुत हुन आव्हान

लडाकुको रुपमा प्रस्तुत हुन आव्हान

काभ्रे (पहिचान) पुष ३ -समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले अधिकार प्राप्तिका लागि लडाकुको रुपमा प्रस्तुत हुन सबैलाई आव्हान गरेको छ । समाजको केन्द्रीय समिति, साधारण सदस्य र कर्मचारी सबै लडाकुको रुपमा प्रस्तुत हुन अध्यक्ष संजिव गुरुङ पिंकीले आव्हन गरेकी हुन् ।
धुलिखेलमा भएको समाजको १३ औ बार्षिक साधारणसभामा अध्यक्ष गुरुङले समस्या र चुनौती पार गर्न सबै एकजुट हुनुपर्ने वताइन । सकारात्मक सोच र सहयोगको संकट देखिनु हुँदैन अध्यक्ष गुरुङले भनिन्, संस्था र संस्थाको अधिकार प्राप्तिको अभियान विरुद्ध लागेका विरोधीसँग सबै जना होसियार रहनुपर्छ । सुनिलवावु पन्तले यहाँसम्म ल्याएको अभियान अगाडि बढाउन सबै एकजुट हुनैपर्नेमा गुरुङले जोड दिइन । IMG_20141218_111959914
समाजकी कायम मुकायम निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगी माथि हुने लाञ्छना र भेदभाव कम भएको वताइन । जनचेतनाका कारण यो समूदाय माथि हुँदै आएको लाञ्छना र भेदभाव कम भएको ढकालको भनाई छ । ढकालले गएको बर्ष ११ हजार ९० जना नयाँ सदस्य समाजको सम्पर्कमा आएको जानकारी दिइन ।
उनले गएको बर्ष ५ लाख ६१ हजार ६ सय ४० जनालाई कण्डम र २ लाख ८० हजार ८ सय २४ जनालाई लुव्रिकेन्ट वितरण गरिएको जानकारी पनि दिइन । छोराले बुबालाई र श्रीमतीले श्रीमानलाई समलिंगी तेस्रोलिंगीबारे बुझाउन ल्याउने गरेको वताउँदै कायम मुकायम निर्देशक ढकालले भनिन्, पारिवारिक काउन्सिलिङ गर्न गारो हुँदो रहेछ । समाजका कार्यक्रम प्रमूख परशुराम राईले विगत देखि अहिलेसम्मको अभियानकै कारण धेरै समलिंगी तेस्रोलिंगी खुलेर आउन सकेको वताए ।
उनले समस्या, चुनौती र उपलव्धीको अभिलेखिकरण चुस्त दुरुस्त रहेको वताए । समाजको सेभ द चिण्ड्रेनका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौलाले अनलाइन रिपोटिङ प्रणाली शुरु गरेको जानकारी दिए । निरौलाले अनलाइन रिपोटिङ प्रणालीको शुरुवातले देशभर संचालित कार्यक्रमबारे तत्कालै जानकारी लिन सजिलो भएको वताए । IMG_20141218_120534805
उनले संचारमाध्यमको सकारात्मक सोचका कारण अधिकार प्राप्तिको अभियान कसिलो बन्दै गएको वताए । समाजका वित्त प्रमूख विष्णुराज पन्तले व्यक्ति केन्द्रीत नभई संस्था र अभियानमा लाग्नुपर्ने वताए । उनले केही परियोजनाको अवधी सकिन लागेकाले त्यसलाई निरन्तरता दिन सबै लाग्नु पर्ने सुझाव दिए । समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेम वहादुर थापाले भावनात्मक सम्वन्धकै कारण अधिकार प्राप्तिको अभियानमा सहयोगी भूमिका निर्वाह गरिरहेको वताए । थापाले आफूसँग भएको क्षमता प्रयोग गर्ने र थप क्षमता विस्तारका लागि लुक्न नहुने सुझाव दिए ।
विगतको संविधानसभामा ६ सय १ जना सभासद् मध्ये यो समूदायबाट सुनिलवावु पन्त मात्रै हुनुहुन्थ्यो । उहाँले एक्लै लडेर अधिकार लेखाउनु भएको थियो, अहिले त्यो अवस्था छैन अधिवक्ता थापाले भने, अहिलेको संविधानसभाले विगतको संविधानसभामा सहमति भएका विषयको स्वामित्व ग्रहण गरेकाले यो समूदायको अधिकार लेखिएको संविधान जारी हुने आशा छ । तर नयाँ संविधानमा यो समूदायको अधिकार नलेखिए चुप लागेर बस्नु नहुने र अहिलेदेखिनै दवाव दिइरहनु पर्ने वताए । उनले देवानी र फौजदारी संहितामा समलिंगी तेस्रोलिंगी माथि विभेद हुने व्यवस्था रहेकाले संसोधन हुनै पर्ने वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading