समलिंगी तेस्रोलिंगीको अधिकार नलेखिएको नमूना संविधान सार्वजनिक

समलिंगी तेस्रोलिंगीको अधिकार नलेखिएको नमूना संविधान सार्वजनिक

काठमाडौं (पहिचान) माघ ४ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमूना संविधान यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार उल्लेखनै नगरी सार्वजनिक भएको छ । युवा संसद नेपालले सार्वजनिक गरेको नमूना संविधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको अधिकार उल्लेख छैन । नमूना संविधानमा यौनिक अभिमुखीकरण, समलिंगी तेस्रोलिंगी भन्ने शव्दनै लेखिएको छैन ।

नमूना संविधान निर्माण गरेको युवा संसद नेपालका सचिव तेस्रोलिंगी भक्ती शाहले प्रधानमन्त्री र राष्ट्रपतिलाई नमूना संविधान बुझाउँदा संसोधन गरेर समलिंगी तेस्रोलिंगीको अधिकार लेखेर मात्रै बुझाउने युवा संसद नेपालको नेतृत्व तहले भनेको जानकारी दिए । हामीले हरेक ठाउँमा भएका छलफलमा समलिंगी तेस्रोलिंगीको अधिकार लेखिनु पर्छ भनेका थियौ पहिचान अनलाईनसँग कुरागर्दै सचिव शाहले भने, हाम्रो समूदायको अधिकार त नमूना संविधान लेखिएको रहेनछ त भन्दा भोलीनै हामी संसोधन गरेर तपाईहरुको अधिकार लेख्छौ भनेका छन् ।IMG_20150118_122415213

नेपालको अन्तरिम संविधानले मानव मानवबीच विभेद हुने कानुन भए संसोधन गर्नुपर्ने र नयाँ कानुनमा पनि विभेद हुने व्यवस्था राख्न नहुने भनेको छ । नमूना संविधानको नागरिकता, मौलिक अधिकार सम्वन्धि व्यवस्थामा महिला र पुरुषको मात्रै अधिकार लेखिएको छ ।

युवा संसद नेपालले तयार गरेको नमूना संविधान पूर्व सभामुख दमननाथ ढुङ्गाना, पहिलो संविधानसभाको संवैधानिक समितिका पूर्व सभापति एवं संविधानविद् निलाम्वर आचार्य लगायतले सार्वजनिक गरेका थिए । दलहरुले माघ ८ मा नेपालको नयाँ संविधान नल्याउने पक्का पक्की जस्तै भएका बेला युवा संसद नेपालले दलका नेताहरुलाई सांकेतिक दवाव दिन नमूना संविधान सार्वजनिक गरेको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.