हिंसामा परेका तेस्रोलिंगीलाई आश्रय दिन सरकारसँग माग

हिंसामा परेका तेस्रोलिंगीलाई आश्रय दिन सरकारसँग माग

692
SHARES

काठमाडौं (पहिचान) माघ ११- यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायले बृद्ध, घरबाट निकालिएका, हिंसामा परेका सबैलाई आश्रय दिन सरकारसँग माग गरेका छन् । समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजको ललितपुरमा रहेको शाखा कार्यालय परिचय समाजले पत्रकार सम्मेलन गरेर आश्रय दिन माग गरेको हो ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले अहिलेसम्म महिला पुरुष सरह समान अधिकार पाउन नसकेको भन्दै समाजले यो समूदायका बृद्धबृद्धाहरु, घरबाट निकालिएका, हिंसामा परेका सबैलाई आश्रयका लागि व्यवस्थित आवास गृह निर्माण गरिदिन माग गरेको हो । नील हिरा समाजकी कोषाध्यक्ष रविना श्रेष्ठले अब बन्ने संविधानमा यो समूदायको हकहित र अधिकार सुरक्षित हुनुपर्ने वताइन ।IMG_20150125_142947245

श्रेष्ठले समलिंगी तेस्रोलिंगी समूदायका मुद्धाहरु आमजनमानस र नीति निर्माण तहसम्म पुर्याउन संचारमाध्यमलाई आग्रह पनि गरिन् । अधिकार प्राप्तिको अभियानसँगै परिचय समाजले एचआइभी एड्सको बारेमा जानकारी दिएर कण्डम लगाउन सिकाउने तथा कण्डम, ल्यूव र आई.ई.सी. सामग्री वितरण गर्दै आएको श्रेष्ठले वताइन । समाजले आउँदो फेव्रुअरी देखि हिंसामा परेका लक्षित वर्गको यौनिक तथा लैगिंक हिंसा विरुद्ध कार्यक्रम संचालन गर्न लागिएको परिचय समाजका परियोजना अधिकृत मनोरञ्जन कुमार वैद्यले जानकारी दिए ।

वैद्यले समलिंगी तेस्रोलिंगीका लागि अहिंसाबादी क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेका सुनिलवावु पन्तलाई यो समूदायले महान नेताका रुपमा लिएको वताए । सन् २००१ म यो समूदायको संस्था स्थापना गरेर अधिकार प्राप्तिको अभियानको नेतृत्व गरेका पन्तकै मार्गदर्शन सधै आवश्यक हुने वैद्यको भनाई छ । वैद्यले सरकारले संसदमा पेश गरेको देवानी र फौजदारी संहितामा समलिंगी तेस्रोलिंगी माथि विभेद हुने व्यवस्था रहेकोमा आपत्ती जनाउँदै संसोधन गरेर मात्रै पारित गर्न संसद समक्ष माग गरे ।

परिचय समाजमा कार्यरत समलिंगी पुरुष प्रेम पाख्रिनले तामाङ समूदायमा पनि समलिंगी तेस्रोलिंगी रहेको वताउँदै अधिकार प्राप्तिको अभियानमा साथ दिन तामाङ समूदायले पनि सहयोग गर्नुपर्ने धारणा राखे । पाख्रिनले पीडाको जीवन विताउनु पर्ने अवस्था तत्काल अन्त्य हुनुपर्ने वताए ।

अष्ट्रियाबाट समलिंगी तेस्रोलिंगीको बारेमा अध्ययन गर्न नेपाल आएकी एलिसले अधिकार प्राप्तिको अभियान सशक्त बनाउन सुझाव दिइन । उनले अष्ट्रियामा रहेका क्रिष्चियनहरुले समलिंगी तेस्रोलिंगी माथि विभेद गर्ने गरेको र नेपालमा त्यस्तो विभेद हुने अवस्था आउन दिन नहुने वताइन । एसिलले अष्ट्रियामा समलिंगी विवाहलाई बैैद्यता दिने बिषयमा सरकारले नै पहल गरिरहेको वताइन ।

समाचार शेयर गर्नुहोस्
692
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.