तेस्रोलिंगीलाई कसैसँग तुलना नगर्न खवरदारी

तेस्रोलिंगीलाई कसैसँग तुलना नगर्न खवरदारी

काठमाडौं (पहिचान) माघ १२ – समलिंगी तेस्रोलिंगीहरुको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले तेस्रोलिंगीलाई कसैसँग तुलना नगर्न खवरदारी गरेका छन् । एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईको फेसवुक पेजमा लेखिएको नयाँ महाभारत सम्वन्धि स्टाटसमा प्रतिक्रिया जनाउँदै पन्तले तेस्रोलिंगीलाई कसैसँग तुलना नगर्न खवरदारी गरेका हुन् ।

कमजोरी जति सबै तपाईहरुको अनि गालिखाने जति अन्यायमा परेका, राज्य सत्ता तथा श्रोतमा कुनै पँहुच नै नभएका तेस्रोलिंगीहरु ? पन्तले लेखेका छन् खवरदार हामीलाई तपाईहरु जस्ता कसैसँग पनि तुलना गर्नु भयो भने ! अघिल्लो संविधानसभामा समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व गर्दै सभासद् रहेका अभियन्ता पन्तले तेस्रोलिंगीहरुलाई सदियौदेखि चलेको पितृसतात्मक राज्य सत्ता र समाजले आफूलाई आवश्यक पर्दा प्रयोग मात्रै गरिरहेको प्रतिक्रिया दिएका छन् ।

एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले आफ्नो फेसवुक स्टाटसमा पुरानो महाभारतमा द्रोणाचार्यलाई ढाल्न, अशोत्थामा हतोहतस्ू को झुटो हल्ला पिटिएको थियो १ भीष्मलाई ढाल्न सिखण्डीको प्रयोग गरिएको थियो । नयाँ महाभारतमा माओवादी(मधेशवादी(जनजातिलाई ढाल्न केही ठुला मिडियारसामाजिक संजाल मार्फत अनर्गल प्रचार गरिएकोछ ।
सिखण्डीको ठाउँमा सभामुखलाई प्रयोग गरिएकोछ । यो कस्तो संयोग १ भनेर लेखेका छन् । उनको यो स्टाटसमा समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता पन्तले अन्यायमा परेकाहरु तथा सर्वहाराका प्रतिनिधि भनेर आफूलाई भन्ने अनि माहाभारतको पाला देखिको अन्यायपूर्ण पितृसत्तातमक प्रबृतिलाई नै निरन्तरता दिई राख्ने, आफूलाई कम्युनिष्ट भन्न लाज लाग्दैन रु भनेर प्रतिक्रिया जनाएका छन् ।
माहाभारत कालमा द्रुपद राजाले आफ्नै सन्तान सिखण्डिलाई स्विकार गरेनन्, ‘अक्षम’ भने, पहिलो सन्तान भए पनि बंशको हक दिएनन्, अन्याय गरे र “सक्षम” सन्तानका लागि यज्ञ गरी दृष्टधुम्न र द्रौपदि जन्माए पन्तले भट्टराईको स्टाटसमा लेखेका छन्, माहाभारत यूद्धमा त्यहि पितृसत्ताका एकथरि प्रतिनिधिलाई लडाई जित्न तेस्रो लिङ्गि नभै भएन र निहत्था सिखण्डिलाई भिष्मको अगाडि उभ्याए। चाहियो, तेस्रो लिङ्गिलाई प्रयोग गर्यो, नचाहिदा, गालि (गलोज।

पन्त लेख्छन् : यो निरन्तरता सदियौं देखी चलिरेहकै हो, जुन तपाईले पनि तेहि गर्दै हुनु हुन्छ, बाबुराम जी। पन्तले संविधानसभाले संविधान दिन नसक्नु भट्टराई जस्तै पितृसत्ता भित्रको जुङ्गाको लडाईले हो भनेका छन् । उनले यही अन्यायपूर्ण पितृसतात्मक परिपाटी भएका भट्टराई जस्ता पुरुष प्रतिनिधिहरुकै अकर्मण्यता कारण नेपालले संविधान नपाएको उल्लेख गरेका छन् ।

हामीलाई न त सभामुख, न राष्ट्रपति, न प्रधानमन्त्री, न केपि वलि, न प्रर्चन्ड, न त तपाईको नामसंग नै जोडिनु छ पन्तले लेखेका छन्, कमजोरी जति सबै तपाईहरुको अनि गालिखाने जति अन्यायमा परेका, राज्य सत्ता तथा स्रोतमा कुनै पंहुच नै नभएका तेस्रो लिङ्गिहरु, खवरदार हामीलाई तपाईहरु जस्ता कसैसंग पनि तुलना गर्नु भयो भने !

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.