नेपालका तेस्रोलिंगीलाई भुटान भ्रमणको निम्तो

नेपालका तेस्रोलिंगीलाई भुटान भ्रमणको निम्तो

काठमाडौं (पहिचान) फागुन १८ -दक्षिणपूर्वि एसियामा नेपालका समलिंगी तेस्रोलिंगीले सबैभन्दा धेरै उपलब्धी हाँसील गरेको भन्दै नेपालका भइरहेका कामका विषयमा अध्ययन गर्न भूटानबाट आठ सदस्यीय टोलीले नेपाल भ्रमण गरेको छ । भूटानमा सन २००८ देखि तेस्रोलिंगी खुलेर आए पनि अहिलेसम्म कुनैपनि संस्था दर्ता हुन नसकेकोमा अब संस्था दर्ता गर्न तथा त्यसपछि नीतिगत तहमा कसरी काम गर्ने र लुकेर रहेका समलिंगी तेस्रोलिंगीसँग कसरी सम्पर्कमा जाने लगायतका विषयमा भुटानी टोलिले परामर्स गरेको छ ।

भुटानका पहिलो तेस्रोलिंगी डेचेन सेल्डेनको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले त्यहाँ अहिलेसम्म खुलेका समलिंगी तेस्रोलिंगीले अपनाइरहेको पेसाका विषयमा जानकारी गराएका थिए । डेचेन भूटानमा व्युटीसएन तथा कलाकारका रुपमा काम गर्दै आएकी छन् । भूटानमा अहिलेसम्म समलिंगी तेस्रोलिंगीको कुनैपनि संस्था छैन । तर नर्वेजिएन सरकारको ग्लोबल फण्डले भूटानको स्वास्थ्य मन्त्रालयलाई सहयोग गरी यो समुदाय मार्फत एचआइभी पोजिटिभहरुका लागि तथा जनचेतात्मक कार्याक्रम संचालन गर्दै आएको छ । डेचेनले आगामी दिनमा संस्था दर्ता गरेर काम सुरु गर्ने तथा नेपालका साथिहरुलाई पनि त्यहाँको भ्रमणको लागि निमन्त्रण गरिन् ।

भूटानी टोलिकी नेतृ डेचेनले आफू तेस्रालिंगी भन्दा पनि मानिस भनेर चिनिन चाहेका तथा हात पड्काउने र बाटोमा सेक्स अपिल गर्ने कामले यो समुदायको इज्जत घट्ने भन्दै त्यस्ता काम कम गर्नुपर्ने बताइन् । उनले नेपालमा समलिंगी तेस्रोलिंगी प्रहरी देख्दा भूत देखेजस्तै तर्सने गरेको भन्दै भूटानमा त्यस्तो समस्या नभएको बताइन । उनीहरुले नेपालमा नील हिरा समाजले यो समूदायका लागि गर्दै आएको कामबाट आफूहरु प्रभावित भएको वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.