समलिंगी तेस्रोलिंगीद्धारा ओमबहादुर गुरुङको निधन प्रति श्रद्धाञ्जली अर्पण

समलिंगी तेस्रोलिंगीद्धारा ओमबहादुर गुरुङको निधन प्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं (पहिचान) चैत्र १० – ७२ बर्षिय ओम बहादुर गुरुङको निधन प्रति समलिंगी तेस्रोलिंगीले श्रद्धाञ्जली अर्पण गरेका छन् । ओम बहादुर समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङका बुबा हुन् ।IMG_20150323_135527

ओम बहादुरको निधन प्रति परिचय समाजले श्रद्धाञ्जली अर्पण गर्दै यस दुखद घडीमा शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ । परिचय समाजको कार्य समिति र सम्पूर्ण कर्मचारीहरुले आफ्नै कार्यालय ललितपुरको कुपण्डोलमा मैनवत्ती बालेर दिवंगत आत्माको चिर शान्तिको कामना गरेको हो ।

यस्तै नील हिरा समाजको केन्द्रीय कार्यालयका सम्पूर्ण कर्मचारीहरुले पिंकीको निवास काठमाडौंको धापासी घरमा पुगेर मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका थिए । चैत ७ गते आफ्नै निवासमा निधन भएका ओम बहादुर क्यान्सर रोगले थला पर्नु भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.