नील हिरा समाजका लागि २०७१ आशा र निराशाको वर्ष

नील हिरा समाजका लागि २०७१ आशा र निराशाको वर्ष

काठमाडौं (पहिचान) बैशाख १ – नील हिरा समाजका लागि वर्ष २०७१ आशा र निराशामा बित्यो । केही सफलता यही वर्ष हात लागे भने केही निराशाजनक अवस्था पनि रह्यो । समग्रमा एउटा नयाँ वर्ष केही सम्झनाका डोबहरु सँगै आयो र गयो ।

१. समलिंगी तेस्रोलिंगीका लागि बहुप्रतिक्षित समलिंगी विवाह बारे अध्ययन गर्न गठित सरकारी समितिले आफ्नो अध्ययन सात वर्ष लगाएर बुझायो । जसले समलिंगीहरुलाई झिनो भए पनि आशाको दियो बालिदियो किनकी नेपालमा पनि समलिंगी विवाहलाई मान्यता दिनु पर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझायो ।

२, समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान खुलाएर राहदानी पाउने सुनिश्चत वर्ष २०७१ मा भयो । सरकारले अव समलिंगी तेस्रोलिंगीलाई अदरर्स आफ्नो पहिचान अनुसारको राहदानी दिने भयो । यसको सम्पूर्ण प्रक्रिया पुरा भए पनि मेसिन अभावका कारण वितरण गर्ने कार्य भने प्रारम्भ हुन सकेको छैन । यद्यपी नील हिरा समाजका लागि यो एउटा उपलब्धी नै हो ।

३, अध्यागमन फारममा अदर्श उल्लेख गर्न थालियो । यो अवसर पनि वर्ष २०७१ ले नै जुराई दियो । अहिले जो कोही समलिंगी तेस्रोलिंगीले गर्वका साथ आफ्नो पहिचान उल्लेख गर्दै अन्य लेख्न सक्ने भए अध्ययागमनको फारममा ।

४, समलिंगी तेस्रोलिंगीले नेपाल टेलिकमको टेलिफोन लिदा अब आफ्नो पहिचान लुकाएर महिला वा पुरुष लेख्नु पर्ने अवस्थाको अन्त्य पनि वर्ष २०७१ ले नै गर्यो । अब टेलिफोन लिदा भर्नु पर्ने फारममा मसलिंगी तेस्रो लिंगीले अन्य उल्लेख गर्न सक्ने भए । यस्तै कम्पनी दर्ता गर्दा अर्दस नै उल्लेख गर्न सक्ने वर्ष २०७१ नै रह्यो

५, एक तेस्रोलिंगी जोडीले सरकारलाई चुनौती दिदै बजा बजाएर विवाह गरे । मकवानपुरबासी अजिता भुजेलको जोडीले सरकारलाई समलिंगी तेस्रोलिंगी विवाहलाई तत्काल मान्यता दिन आग्रह गर्दै विवाह बन्धनमा वांधीएकी हुन् । यसअघी लुकीचोरी बस्दै आएका समलिंगी तेस्रोलिंगीले यसरी खुलेर विवाह गर्ने अबसर पनि २०७१ ले जुराईदियो । भलै यसले कानुनी मान्यता पाउन भने बाँकी नै छ ।

६, त्यसो त माथी उल्लेख गरे झैं समलिंगी तेस्रोलिंगीका लागि २०७१ ले खुसी मात्र ल्याएन । केही निराशा पनि जन्माईदियो । ०७१ मा करिव ५० जना समलिंगी तेस्रोलिंगी सहित नील हिरा समाजको अधिकार प्राप्तीको अभियानमा साथ दिइरहेका केही पत्रकार तथा कानुन व्यवसायीले जागिरबाट हात धुनु पर्यो । नर्वेजियन दूतावासबाट हुँदै आएको सहयोग बन्द हुँदा आएको पहिलो दुखद क्षण पनि नील हिरा समाज माथि थपियो ।

७, समलिंगी तेस्रोलिंगीको अधिकारका लागि सरोकारवाला पक्षलाई खबरदारी गर्दै आएको तथा समलिंगी तेस्रोलिंगीका गतिबिधि आम जनमानसमा पुर्याउदै आएको कार्यक्रम पहिचान बन्द भयो भने मानव अधिकार सँग संबन्धित कार्यक्रम समेत रोकियो । फलत नील हिरा समाजको अभियानमा कोषे ढुंगा सावित हुदै आएको कार्यक्रम पहिचान बन्द हुँदा र मानवअधिकार सबन्धि कार्यक्रम रोकिदा अभियानमा धक्का पुग्ने वातावरण देखियो ।

८, समलिंगी तेस्रोलिंगीलाई ज्यान मार्ने धम्कि दिएको तथा हप्ता समेत उठाउने गरेको अभियोगमा तेस्रोलिंगी मोहीनि नामले चिनिने दिलीप राईले प्रहरी हिरासतमा २५ दिन बिताए । यसले के नजिर स्थापित गर्यो भने खराव काम गर्नेलाई समाजले संरक्षण दिदैन बरु कानुनी कारबाहीका लागि प्रशानलाई सहयोग गर्छ भन्ने नजिर पनि वर्ष २०७१ ले बसाल्यो ।
९, २०७१ को अन्त्यकै समयमा समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई पितृ शोक पर्र्यो भने काभ्रेको दोलालघाटमा पिकनिक गएका तेस्रोलिंगीलाई भुम्लुटारका स्थानीयले अभद्र व्यवहार गरे । जसका कारण तीन जना तेस्रोलिंगी घाइते भए । घटनामा संलग्न मध्ये ४ जना पक्राउ परे भने केही फरार छन् ।
बितेको बर्ष राम्रो नराम्रा जे जति उपलव्धी भए तिनबाट पाठ सिक्दै एक ढिक्का भएर अधिकार प्राप्तिको अभियान उचाईमा पुग्नु पर्छ । यो अभियान उचाईमा पुर्याउन अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तको साथ सहयोग हरक्षण आबश्यक परिरहने छ । नयाँ बर्ष २०७२ को सबैलाई शुभकामना ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.