समलिंगी तेस्रोलिंगीलाई बजेट विनियोजन

समलिंगी तेस्रोलिंगीलाई बजेट विनियोजन

884
SHARES

इन्दिरा न्यौपाने /हेटौडा (पहिचान) जेठ २० – जिल्ला विकास समिति मकवानपुरले समलिंगी तेस्रोलिंगीको आय मुलक तथा जनचेतना मुलक कार्यक्रमका लागि २ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै हेटौडा उपमहानगरपालिकाले १ लाख रुपैयाँ दिएको छ ।

समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको शाखा कार्यालय फ्रेण्ड्स हेटौडाले प्राप्त रकमबाट सडक नाटक, आमा भेला स्कूल कलेज कार्यक्रम, अन्तर्कृया, पत्रकार सम्मेलन लगायतका विभिन्न आय आर्जनका काम संचालन गरेको छ ।d

फे्रण्ड्स हेटौडाले विभिन्न कार्यक्रमहरु मध्ये जेष्ठ १७ गते फरक फरक ठाउँमा सडक नाटक देखाएको छ । सडक नाटकबाट धेरै सहभागीहरुले समलिंगी तेस्रोलिंगीहरुको बारेमा अझ प्रष्ट बुझेको प्रतिक्रिया आएको संस्थाका अध्यक्ष कृष्ण बहादुर थोकर आशिकाले वताइन । बाकी कार्यक्रमहरु योजना अनुसार गर्दै जाने पनि अध्यक्ष थोकरले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्
884
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.