सरकारले समलिंगी तेस्रोलिंगी सहयोग कार्यक्रम संचालन गर्ने

सरकारले समलिंगी तेस्रोलिंगी सहयोग कार्यक्रम संचालन गर्ने

काठमाडौं (पहिचान) असार २ – सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायका लागि सहयोग पुग्ने कार्यक्रम संचालन गर्ने भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले तयार गरेको आगामी आर्थिक बर्षको योजनामा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका लागि सहयोग कार्यक्रम संचालन गर्ने भनिएको छ । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजबाट कार्यक्रम तर्जुमा गर्न माग भएकाले राष्ट्रिय योजना आयोगलाई लेखि पठाइएको मन्त्रालयले जनाएको छ ।

योजना आयोगबाट बजेट विनियोजनका लागि अर्थ मन्त्रालयमा पुगेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । समलिंगी तस्रोलिंगीको मानवअधिकारका बिषयमा साना साना कार्यक्रम संचालन गर्न बजेट उपलव्ध गराउन माग गरिएको महिला मन्त्रालयका उपसचिव रामप्रसाद भट्टराईले पहिचान अनलाइनलाई वताए । आउँदो आर्थिक बर्षदेखि समलिंगी तेस्रोलिंगीका लागि बजेट बिनियोजन गर्ने गरी योजना तयार भएको भट्टराईले वताए ।

समलिंगी तेस्रोलिंगीका लागि संचालन हुने सहयोग कार्यक्रमका लागि प्रस्ताव आव्हान गरिने उनले जानकारी दिए । नील हिरा समाजले अघिल्लो बर्षको बजेटमा यो समूदायका लागि बजेट बिनियोजन गर्न माग गरेको थियो । समाजका उपनिर्देशक परसुराम राईले समूदायको मानवअधिकारको बिषयमा चेतना जगाउने विभिन्न कार्यक्रम संचालन गर्न सहयोग आवश्यक रहेको वताए । उनले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट सहयोग कार्यक्रम संचालन भए यो समूदायलाई राहत पुग्ने वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading