पहिलो पटक तेस्रोलिंगीद्धारा पिंक टिफानी रेष्टुरेण्ट संचालन

पहिलो पटक तेस्रोलिंगीद्धारा पिंक टिफानी रेष्टुरेण्ट संचालन

काठमाडौं (पहिचान) असार ९ – तेस्रोलिंगी समूदायका एक सदस्यले काठमाडौंको झोंछेमा रेष्टुरेण्ट खोलेका छन् । पिंक टिफानी नामको रेष्टुरेण्टको पूर्व मिस नेपाल माल्भिका सुब्बाले उद्घाटन गरिन् । समलिंगी तेस्रोलिंगी समूदायबाट पहिलो पटक रेष्टुरेण्ट संचालन हुनु खुशीको कुरा भएको सुब्बाले बताइन । हरेक व्यक्ति समान छन् भन्ने सन्देश दिन र आफ्नो छुट्टै व्यवसाय शुरु गरेको तेस्रोलिंगी मेग्ना लामाले वताइन ।

झण्डै ३ बर्ष अघिदेखिको सोच थियो, मेग्नाले पहिचान अनलाइनसँग कुरागर्दै भनिन् बल्ल आज पूरा भयो । उनले पिंक टिफानीलाई नेपालका हरेक पर्यटकिय क्षेत्रसम्म पुर्याउने सोच रहेको सुनाइन् । स्थायी बसोबास झापा भएकी २३ बर्षकी तेस्रोलिंगी महिला मेग्नाले सिन्धुपाल्चोकका मछिन्द्र आचार्यलाई रेष्टुरेण्टको पार्टनर बनाएकी छन् । हरेक व्यक्ति समान हुन् भने तेस्रोलिंगीलाई विभेद किन ? मछिन्द्रले भने समलिंगी तेस्रोलिंगी माथि हुँदै आएको बिभेद हटाउन पिंक टिफानीले मद्धत गर्ने आशा छ ।

IMG_20150624_135305705मेग्नाले झण्डै १८ लाख रुपैयाँ ऋण लगानी गरेर रेष्टुरेण्ट संचालनमा ल्याएको वताइन् । उनले समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले सहयोग गर्ने आशा रहेको सुनाइन । पर्यटन प्रवद्र्धनका लागि पिंक टिफानीलाई नमूनाको रुपमा परिचित गराउने लक्ष्य रहेको मेग्नाले वताइन । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगी माथि समाजले हेर्ने दृष्टिकोण बदल्न र सकारात्मक सोचको बिकास गर्न पिंक टिफानीले मद्धत गर्ने बिश्वास व्यक्त गरिन् ।

उनले समलिंगी तेस्रोलिंगी यौन क्रियाकलाप मात्रै गर्छन भन्ने नकारात्मक धारणा हटाउन पनि यसले सहयोग पुग्ने वताइन । अध्यक्ष गुरुङले समाजमा रहेका बिपरितलिंगीले पनि समलिंगी तेस्रोलिंगीको यो कामलाई सहयोग गरिदिन आग्रह गरिन् । समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगी समूदायका सदस्यलाई आर्थिका उपार्जनक क्षेत्रमा बञ्चित गराइरहँदा एक जना तेस्रोलिंगीले आफ्नै व्यवसाय शुरु गरेकोमा बधाई दिएकी छन् । उपनिर्देशक परसुराम राई, दिवा परियोजनाका उपनिर्देशक संजय शर्मा, अधिबक्ता प्रेमवहादुर थापा, सुजन पन्त लगायत समलिंगी तेस्रोलिंगीले पिंक टिफानी संचालन गरेकोमा मेग्ना र मछिन्द्रलाई सफलताको शुभकामना दिएका छन् । पिंक टिफानीमा हाल ८ जना कर्मचारी छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.