संबिधानमा समलिंगी तेस्रोलिंगीलाई छुट्टै हकको व्यवस्था गर्न माग

संबिधानमा समलिंगी तेस्रोलिंगीलाई छुट्टै हकको व्यवस्था गर्न माग

बर्दिया (पहिचान) साउन १ – यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीले संबिधानको मस्यौदामा उल्लेख भएका अधिकार कायम राख्दै थप अधिकार लेख्नु पर्ने माग गरेका छन् । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको शाखा कार्यालय सुन्दर संसार बर्दियाले राय सुझाव संकलन उपसमितिको सचिवालय बर्दियामा लेखिएका अधिकार कायम राख्दै थप अधिकार लेख्नु पर्ने सुझाव दिएको हो ।

संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको हकलाई महिला, दलित, बालबालिकाको जस्तै छुट्टै हकको व्यवस्था गर्नु पर्ने सुझाव दिइएको सुन्दर संसारकी अध्यक्ष सपना चौधरीले जानकारी दिइन । समलिंगी तेस्रोलिंगीले केही दिन अघि सुझाव संकलन फारममा महिला र पुरुष मात्रै उल्लेख गरिएकोमा आपत्ती जनाएपछि सुझाव संकलन टोलीले फारममा महिला पुरुषसँगै तेस्रोलिंगी लेखेको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.