यौनिक तथा लैगिंक अल्पसंख्यक माथि हुने हिंसा अन्त्य गर्ने प्रतिवद्धता

यौनिक तथा लैगिंक अल्पसंख्यक माथि हुने हिंसा अन्त्य गर्ने प्रतिवद्धता

काठमाडौं (पहिचान) साउन १ – नेपाल सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्य माथि हुने हिंसा अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ । परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले यो समूदायका सदस्य माथि हुने हिंसा अन्त्यका लागि जारी हुने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न जेनेभामा रहेका नेपाली प्रतिनिधिलाई निर्देशन दिने वताए ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्थाकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, उपनिर्देशक परसुराम राई र अधिवक्ता सुजन पन्तसँगको भेटमा मन्त्री पाण्डेले जेनेभामा रहेका नेपाली प्रतिनिधिलाई संयुक्त प्रतिवद्धतामा हस्ताक्षर गर्न परराष्ट्र सचिव मार्फत निर्देशन दिने वताए ।

समलिंगी तेस्रोलिंगी माथि हुने विभेद, दुरव्यवहार र हिंसा अन्त्यका लागि कोलम्वियाले शुरु गरेको अभियानमा ८५ वटा देशले प्रतिवद्धता जनाइसकेका यो समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले जानकारी दिए । नेपालमा यो समूदायका लागि भएका प्रयास सकारात्मक भएको भन्दै प्रतिवद्धता पत्रमा नेपालले हस्ताक्षर गरेर अन्तराष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिनु पर्ने पन्तले वताए । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले यो समूदायका सदस्य माथि विभेद अन्त्यका लागि जारी हुने प्रतिवद्धतामा नेपाल सरकारले हस्ताक्षर गरिदिनु पर्ने वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading