‘नेपाल बारमा पूरातनबादी सोच भएका केही व्यक्ति हुन सक्छन्’

‘नेपाल बारमा पूरातनबादी सोच भएका केही व्यक्ति हुन सक्छन्’

काठमाडौं (पहिचान) साउन ७ – नेपाल बार एसोसिएसनले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार स्थापित हुनुपर्नेमा प्रतिवद्ध रहेको बताएको छ । महासचिव सुनिल पोखरेलले नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तलाई पत्र लेखेर यो समूदायको अधिकार स्थापित हुनुपर्नेमा बार एसोसिएसन प्रतिबद्ध रहेको वताएका हुन् । नेपाल बारमा पूरातनबादी सोच भएका केही व्यक्ति हुन सक्छन् महासचिव पोखरेलले पत्रमा लेखेका छन्, यति हुँदा हुँदै पनि नेपाल बार यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकारका बारेमा प्रष्ट र प्रतिवद्ध छ ।

संबिधान मस्यौदामा लेखिएको यौनिक अभिमुखीकरण शब्द मात्रै हटाउन सुझाव नदिइएको भन्दै महासचिव पोखरेलले थुप्रै बिषयमा सुझाव दिइएको पत्रमा लेखेका छन् । महासचिव पोखरेलले यस बिषयमा नेपाल बार यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायसँग छलफल गर्न तयार रहेको पत्रमा उल्लेख गरेका छन् । नेपाल बारले संबिधानको मस्यौदामा आफ्नो तर्फबाट सुझाव दिदै यौनिक अभिमुखीकरण शब्द हटाउन सुझाव दिएपनि यो समूदायले बारको सुझावमा आपत्ती जनाउँदै अध्यक्ष हरिकृष्ण कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

श्रोतका अनुसार, नेपाल बारका उपाध्यक्ष टिकाराम भट्टराईको अड्डीका कारण संबिधानको मस्यौदाबाट यौनिक अभिमुखीकरण शब्द हटाउन सुझाव दिइएको हो । संबिधान मस्यौदामा सुझाव दिन भएको छलफलमा उपाध्यक्ष भट्टराईले समानताको हकको धारा २३ मा रहेको यौनिक अभिमुखीकरण शब्द हटाउ सुझाव दिनै पर्ने अड्डी कसेका हुन् श्रोतले भन्यो, भट्टराईको अड्डीकाबीच पनि हामीले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय भन्ने शब्द भने हटाएनौ ।

साउन ५ गते संबिधानको पहिलो मस्यौदामा सुझाव दिन नेपाल बार एसोसिएसनको मस्यौदा सुझाव समितिबीच भएको छलफलमा उपाध्यक्ष भट्टराईले यौनिक अभिमुखीकरण शब्द हटाउनै पर्ने जिद्धी गरेकाले यो शब्द हटाउन सुझाव दिइएको बार श्रोतले वताएको छ । संबिधानको मस्यौदा सुझावबारे बारको समितिबीच भएको छलफलमा अध्यक्ष हरिकृष्ण कार्की अनुपस्थित थिए । अध्यक्ष कार्कीले संबिधानको मस्यौदामा परेको यौनिक अभिमुखीकरण शब्द हटाउन सुझाव दिएकोबारे अनविज्ञता व्यक्त गर्नै यसबारे छलफल गर्ने बताएको समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading